यस वर्षको एसइइमा निस्दीबाट ३०८ जना विद्यार्थी सहभागी भए : विद्यालय छोड्ने २३ जना

होम राई मगर

पाल्पा / १४ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा निस्दी गाउँपालिका पाल्पाबाट ३०८ जना विद्यार्थीहरु सहभागी भएछन् । जस अन्तर्गत नियमित तर्फ ३०४ जना र ४ जना विद्यार्थीहरुले ग्रेड वृद्धिको लागि परीक्षामा सहभागी भएका हुन् । 

    

जम्मा १२ वटा सामुदायिक विद्यालय मात्र रहेको निस्दीमा यस वर्ष कक्षा १० का २३ जना विद्यार्थीहरुले विद्यालय छोडेको शिक्षा संयोजक नर बहादुर थापाले जानकारी दिनुभएको छ । सबैभन्दा धेरै विद्यार्थी ५९ जना सहभागी रहेको गौरीशंकर माध्यमिक विद्यालय मित्यालमा मात्र ६ जनाले विद्यालय छाडेको प्रधानाध्यापक केश बहादुर सुनारीले बताउनु भएको छ । त्यसैगरी राधाकृष्ण मावि बाकामलाङ्ग र गोरखनाथ मावि अर्चलेमा ५/५ जनाले यस वर्ष विद्यालय छाडेका बताइएको छ । जनता माध्यमिक विद्यालय गल्धालाई परीक्षा केन्द्र बनाएको निस्दीमा अंशुवर्मा माध्यमिक विद्यालय सहलकोटबाट सबैभन्दा कम १३ जनाले परीक्षामा सहभागिता जनाएका छन् । यस वर्ष राधाकृष्ण माविबाट २५ जना,बालहित माविबाट १५ जना,जनक माविबाट २८ जना र लक्ष्मी माविबाट २३ जना विद्यार्थीहरु सहभागी भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी जनप्रिय माविबाट १८ जना,जनता माविबाट २५ जना,सरस्वती मावि गल्धाबाट २६ जना,गोरखनाथ माविबाट ४५ जना,जनप्रिय मावि ज्यामिरेबाट १४ जना र सरस्वती माविबाट १७ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

     

विद्यार्थी ड्राप आउट (विद्यार्थी छोड्ने दर) उच्च देखिएको निस्दीमा भरखरै सम्पन्न भएको आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा-८ को परीक्षा) मा समेत ३३ जना देखिएका थिए ।

Comments