मूल्यवृद्धिले विकासका काम ठप्प, सयौं रोजगारी संकटमा
पाल्पामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले विकास निर्माणका कामहरू प्रभावित बनेका छन् । डिजेल, पेट्रोल, मट्टितेल र अलकत्रा जस्ता कच्चा पदार्थ महँगिएपछि निर्माण व्यवसायीहरू काम रोक्न बाध्य भएका छन् ।
निर्माण व्यवसायी महासंघ पाल्पाका अध्यक्ष दामोदर गैरेका अनुसार सरकारले मूल्य समायोजन र सहुलियत नदिए काम अघि बढाउन नसकिने अवस्था आएको छ । साथै सिमेन्ट, डण्डी, बालुवा र गिट्टीको मूल्य पनि २५ देखि ८० प्रतिशतसम्म बढेको छ ।
महासचिव राजेन्द्र केसीका अनुसार एकातिर मूल्य अत्यधिक बढेको छ भने अर्कोतिर कच्चा सामग्रीको अभावले काम गर्न झन् कठिन बनाएको छ । यस अवस्थाका कारण जिल्लाका अधिकांश विकास निर्माणका काम ठप्प भएका छन् भने निर्माण क्षेत्रमा आवद्ध सयौं मजदुरहरूको रोजगारी गुम्ने खतरा बढेको छ ।








































Comments