लायन्स क्लब पाल्पा तानसेनको पदस्थापन सम्पन्न, रविन्द्र आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
पाल्पा– लायन्स क्लब पाल्पा तानसेनको वर्ष २०२६/२७ का लागि पदस्थापन तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।कार्यक्रममा क्लबका नवनिर्वाचित पदाधिकारीलाई औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ गराई जिम्मेवारी हस्तान्तरण गरिएको थियो । पदस्थापनसँगै क्लबले नयाँ नेतृत्वमार्फत आगामी वर्षका सामाजिक सेवा, मानवीय सहयोग तथा सामुदायिक विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा रविन्द्र आचार्य, सचिवमा वीरेन्द्र मिधुन तथा कोषाध्यक्षमा नीलकण्ठ पौडेल चयन भई पदभार ग्रहण गर्नुभएको छ । नवगठित कार्यसमितिले लायन्स क्लबको मूल उद्देश्यअनुसार समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपन्न समुदायको सहयोग तथा युवामुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पदस्थापन समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट अन्तर्गत एरिया–०२ कोअर्डिनेटर सुरेश भट्टराईले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाले लायन्स क्लब सामाजिक सेवामा विश्वसनीय संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै स्थानीय आवश्यकता पहिचान गरी प्रभावकारी सेवा कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाले क्लबका सदस्यबीच आपसी सहकार्य, नेतृत्व विकास र सेवामूलक भावनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाले लायन्सको मूल मन्त्र ‘हामी सेवा गर्छौं ’ लाई व्यवहारमा उतार्दै समुदायका वास्तविक आवश्यकता सम्बोधन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा क्लबले उल्लेखनीय योगदान दिन सक्ने उहाको भनाइ थियोफ।कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, लायन्सकर्मी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि तथा क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियोल। सहभागीहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष रविन्द्र आचार्यले क्लबप्रति सदस्यहरूको विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गर्दै सबै सदस्यको साथ, सहयोग र सक्रिय सहभागिताबाट आगामी कार्यकाललाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाले समाजका आवश्यकताअनुसार सिर्जनात्मक, सेवामूलक र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।









































Comments