विश्व वित्तीय सप्ताह-२०२४ को अवसरमा क्रियटिभ सेक्युरेटिजद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

पाल्पा-क्रियटिभ सेक्युरेटिज प्राइभेट लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनि वीक, २०२४) को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

क्रियटिभले चैत १० गते शनिबार पाल्पाको तानसेन स्थित पाल्पा उधाेग वाणिाज्य संघकाे सभाहलमा व्यवसायी,लगानी कर्ताहरूलाई प्रशिक्षित गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम नेपाल धिताेपत्र बाेड,नेप्से,पाल्पा उधाेग वाणिज्य संघ र क्रियटिभ सेक्युरेटिज प्रालीकाे संयुक्त आयाेजनामा भएको हाे । 

 

कार्यक्रममा नेपाल धिताेपत्र बाेर्डका उप कार्यकारी निर्देशक तेज प्रसाद देवकोटाले व्यवसायीहरूबाट आएका  नितिगत सुझावलाई लिएर बाेर्डकाे बार्षिक नितिमा समावेश गर्ने बताए । हाल देशभरमा ७० वटा जिल्लामा शेयर काराेबार भइरहेको बताए । सामाजिक सञ्जालमा नेप्से,धिताेपत्रका बारेमा आएका कुरालाई विश्व नगर्न र  बाेडकाे आधिकारीक वेयवसाइडलाई आधार मानेर लगानी कर्ताहरूले लगानी गर्न आर्गह गरे । 

 

कार्यक्रममा नेपाल धिताेपत्र बाेडका उपनिर्देशक श्यामु मण्डल,नेप्सेका का.मु.सहायक प्रबन्धक भेषराज खनाल,नेप्सेका वरिष्ठ अधिकृत सन्तोष आर्चाय,त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका उपप्राध्यापक सन्तोष खनाल,क्रियटिभ सेक्युरेटिज प्रालीका प्रबन्ध निर्देशक निलम प्रधान लगाएतले मन्तव्य राखेका थियाे ।

वित्तिय साक्षरता कार्यक्रममा व्यवसायीक काराेबार गर्ने व्यापारीहरुले समेत निष्क्रिय रुपमा सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्धेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा धिताेपत्रकाे बिषयमा धिताेपत्र बाेडका उप निर्देशक श्याम मण्डल,नेप्सेकाे बिषयबस्तुका बारेमा नेप्सेका वरिष्ठ अधिकृत सन्तोष आर्चाय र क्रियटिभ सेक्युरेटिज तथा लगानीका बिषयमा निलम प्रधानले जानकारी दिएका थिए ।

 

उक्त कार्यक्रममा  लगानी सम्बन्धि जागरुकता, लगानीको विभिन्न अवसर र चुनौतीहरु, तथा लगानी सम्बन्धित जोखिम व्यवस्थापनको विषयमा केन्द्रित रहि तालिम कार्यक्रम सम्पन्न गरिएकाे पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । तालिममा व्यवसायीहरू शिव सुनार,सुनिल पंगेनी,माधव पाैडेल,राधेश्याम ज्ञवाली,रूक्मागत बस्याल,बिजय घिमिरे,महेन्द्र खाती,नारायण काेइराला,जीवन पाण्डेय,देवराज शर्मा,केशव घिमिरे लगाएतले लगानी गर्दा हुने चुनौतीहरु,कठिनाइहरूमा केन्द्रीकृत रहि प्रश्न गरेका थिए ।कार्यक्रम पाल्पा उधाेग वाणिज्य संघ अध्यक्ष शैलेन्द्र भट्टराईकाे सभापतित्व र महासचिव समीर मान सिंह , सचिव बिदुर घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments