तानसेनमा विद्यालय कप क्रिकेट: जनता मावि र देववाणी मावि विजेता
पाल्पा – तानसेन नगरस्तरीय विद्यालय कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्र र छात्रा दुवै विधामा नगरभित्रका विभिन्न विद्यालयहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । सप्ताहव्यापी प्रतियोगितामा छात्रतर्फ जनता माध्यमिक विद्यालय र छात्रातर्फ देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्न सफल भएका छन् ।
प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठ, कार्यक्रमका विशिष्ट अतिथि नगर उप–प्रमुख प्रतिक्षा सिङ्जाली, वडा नं. ४ का अध्यक्ष हेमन्तराज शाक्य, नगर प्रवक्ता यादवसिं कार्की, वडा सदस्य हरिबहादुर थापा, सामाजिक विकास अधिकृत भरत आर्चाय र जिल्ला क्रिकेट संघ पाल्पाका उपाध्यक्ष शैलेन्द्र भट्टराईले बिजयी खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र तथा सिल्ड प्रदान गर्नुभएकेा थियेा ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र खेल भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयेा । स्थानीय तहमा रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गरी उनीहरूको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयेा ।
प्रतियोगिताभर विद्यालयका टिमहरूले उत्कृष्ट प्रदर्शन गरेक थिए । खेलाडीहरूको उत्साह, लगनशीलता र समर्पण देखेर दर्शकदीर्घामा रहेका शिक्षक, अभिभावक तथा अतिथि मन्त्रमुग्ध बन्नु भएकेा थियेा । प्रतियेागितामा छात्र तर्फ प्रथम हुने जनता मावि र छात्र तर्फ प्रथम हुने देववाणी सस्कृत तथा साधारण मा विले ट्रफी, प्रमाणपत्र तथा खेल सामग्रीसहित सम्मान प्राप्त गरेका छन । भने उप विजेता हुने छात्र तर्फ मिलिनियम माध्यमिक विधालय र छात्रा तर्फकेा उपविजेता जनता माध्यमिक विधालयले पनि ट्रफी, प्रमाणपत्र तथा खेल सामग्रीसहित सम्मान प्राप्त गरेका खेल संयेाजक तथा कार्यक्रमका अध्यक्ष प्रियकर मुनि शाक्यले बताउनुभयेा ।
प्रतियोगिताको समापन समारोहमा नगरपालिकाका वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ व्यवस्थित र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयेा । उहाले खेलकुद क्षेत्रको विकास र विद्यार्थीको शारीरिक तथा मानसिक सशक्तिकरणका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिइने बताउनुभयेा ।
सानै उमेरदेखि खेलकुदमा अभिरुचि राख्ने विद्यार्थीहरूका लागि यस्ता प्रतियोगिता अवसर र प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा सिङ्जालीले बताउनुभयेा । तानसेन नगरपालिकाले हरेक वर्ष यस्ता प्रतियोगिता निरन्तरता दिने योजना बनाएको र जसबाट विद्यार्थीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने साहसको विकास होस् भन्ने अपेक्षा गरिएको बताउनुभयेा । कार्यक्रम प्रविन बेाहेाराकेा सञ्चालनमा सम्पन्न भएकेा थियेा ।








































Comments