तानसेनकाे टुडिखेलमा चैत ६ देखि २४ गते सम्म दाेस्त्राे न्यु युथ युनियन कप हुने!!

पाल्पा-न्यु युथ युनियन क्लब तानसेन पाल्पाकाे आयाेजनामा चैत ६ गते देखि दाेस्त्राे न्यु युथ युनियन कप हुने भएको छ । तानसेन टुडिखेल मैदानमा हुने प्रतियाेगिता चैत २४ गते सम्म सञ्चालन हुनेछ । "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ सञ्चालन हुन लागेको प्रतियाेगितामा पाल्पा लगाएत स्याङ्जा,नवलपरासी,रूपन्देही लगाएतका जिल्लाहरूबाट समेत खेलाडीहरुको सहभागी हुनेछ ।

 

वि स २०७७ सालमा स्थापना भएको क्लबले अघिल्लो बर्ष पनि प्रतियाेगिता आयाेजना गरेको थियाे । प्रतियाेगितामा प्रथम हुनेले ८० हजार,द्वितीयले ४० हजार सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । खेलमा उत्कृष्ट खेलाडीले ३ हजार,उत्कृष्ट गाेल रक्षकले २ हजार ५ सय,उदयीमान खेलाडीले २ हजार ५ सय,सर्वाधिक गाेलकर्ताले २ हजार ५ सय,उत्कृष्ट रक्षकले २ हजार ५ सय र म्यान अफ द म्याचले १ हजार १ सय प्राप्त गर्ने न्यु युथ युनियन क्लब तानसेन पाल्पाका अध्यक्ष मनाेज मान लिगतले जानकारी दिनुभयाे । खेलमा सहभागी टिमलाई दर्ता शुल्क ५ हजार ५ सय लाग्नेछ ।  

 

खेलकाे उद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष श्रेष्ठ गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष लिगलले बताउनुभयाे । प्रतियाेगिताले स्थानीय स्तरका खेलाडीहरूमा भएकाे प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उधेश्यका साथ सञ्चालन गर्न लागिएकाे बताउनुभयो  । टिकट विक्रीबाट प्राप्त रकम पाल्पा फुटबल एकाडेमीका साना खेलाडीहरूका लागि ३० प्रतिशत रकमबाट खेल सामाग्री हस्तान्तरण गरिने बताउनुभयो । खेलले तानसेनकाे आन्तरिक पर्यटनमा टेवा पुग्ने अपेक्षा रहेको अध्यक्ष लिगले बताउनुभयो ।

Comments