तानसेन नगरपालिकाद्वारा एस.ई.ई परिक्षाकाे अनुगमन

पाल्पा-जिल्लाकाे तानसेन नगरपालिकाले यस वर्षको  (एस.ई.ई)  परिक्षाकाे अनुगमन गरेको छ । अनुगमन तानसेन नगरपालिका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि राम नागिला,शिक्षा शाखा प्रमुख काेपिला न्याैपानेले तानसेन स्थित माेहन कन्या माध्यमिक विद्यालय,महेन्द्रबाेधी माध्यमिक विद्यालय लगाएतका विद्यालयमा पुगी अनुगमन गर्नु भएको हाे ।

 

तानसेन नगरपालिका भित्र यस बर्ष १४ सय ४० जना विद्यार्थीहरू एस.ई.ई परिक्षामा सहभागी भएका शिक्षा शाखा प्रमुख काेपिला न्याैपानेले बताइन । जस्मा माेहन कन्या माविमा १ सय २९ जना,महेन्द्र बाेधी माविमा २ सय ५ जना,पद्म पब्लिक माविमा १ सय ५४ जना,जनता माविमा १ सय ४५ जना,त्रिभुवन माविमा १ सय २३ जना,न्यु हाेराइजन इङ्गलिस बाेर्डिङ्गमा ७७ जना,दमकडा नमुना माविमा २ सय ५ जना,शारदा माविमा १ सय १२ जना र सेन माविमा १ सय १२ जना गरि कुल १४ सय २ जना र ग्रेड वृद्धिका लागि ३८ जनाले परिक्षा दिएका शिक्षा शाखा प्रमुख न्याैपानेले बताइन । 

  

पाल्पाबाट याे वर्ष चार हजार १८२ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) मा सहभागी भएका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जना एसईई परीक्षामा सहभागी भएका हुन् । जसमध्ये दुई हजार १८ जना छात्र र दुई हजार १६४ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ । जिल्लाभरिका २७ जना केन्द्रबाट एसईईको परीक्षा तयारी भइरहेको छ । यो वर्ष नियमिततर्फ चार हजार १० जना र ग्रेड वृद्धिका १७२ जना विद्यार्थी परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ पाल्पामा प्रमुख महेन्द्र सुवेदीले बताए ।

Comments