तानसेन नगरपालिकाले नगरका सिमानाहरूमा राख्याे स्वागत बाेर्ड

पाल्पा-जिल्लाकाे तानसेन नगरपालिकाले नगरपालिकाका सिमानाहरूमा स्वागत बोर्ड स्थापना गरेको छ । नगरपालिकाकाे पर्यटन समितिले नगरका सिमानाहरूमा स्वागत बाेर्ड राखेको हाे । नगरपालिकामा विभिन्न जिल्ला एवम पालिकाहरूबाट प्रवेश गर्ने नागरिकलाइ  स्वागत गर्ने उदेश्यले बोर्डको स्थापना गरीएको तानसेन नगरपालिकाका पर्यटन समितिका संयाेजक एवम तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले बताए ।

 

 नगरपालिकाकाे पर्यटन हेर्ने(ट्याक्ट) समितिका संयाेजक रहेका महर्जनले यस आर्थिक बर्षकाे कुल ५ लाख ८० हजार बजेटबाट सिमानामा हाेडिङ्ग स्वागत बाेर्ड एवम डिजिटल स्वागत बाेर्ड राख्ने कार्य गरिएको बताए । नगरपालिकाले तिनाउ र तानसेनकाे सिमाना गाैडेपुल नजिकै,बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाकाे सिमाना बाेर्ड राखिसकेकाे छ । भने गुल्मी र पाल्पाकाे सिमाना रिडिमा र माथागढि गाउँपालिका र तानसेन नगरपालिकाकाे सिमाना पनि बाेड राखिने बताए । त्यस्तै ट्याक्टले वडा न ६ काे बर्तुङ्गमा पाल्पा देखि विभिन्न स्थानहरूकाे दुरी समेत उल्लेख गर्ने गरि डिजिटल बाेर्डकाे निर्माण गरिने बताए । बर्तुङ्गमा भारतीय पर्यटकहरूलाई तानसेनमा स्वागत गर्नका लागि तानसेनका पर्यटकिय स्थलहरूकाे फाेटाे र दुरी समेत उल्लेख गरि पर्यटकहरूकाे आगमनमा वृद्धि गर्न स्वागत बाेर्ड राखिने बताए । नगरपालिकाले बर्तुङ्गमा सुरक्षाकाे दृष्टिकोणलाई मध्ये नजर गरि अत्याधुनिक प्रविधियुक्त सिसि क्यामरा समेत जडान गरिएको बताए ।

 

तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्यालले विभिन्न जिल्ला एवम पालिकाबाट तानसेन प्रवेश गरेका नागरिकलाइ तानसेन प्रवेश गरेको जानकारी दिने उधेश्यले बाेर्डकाे राखिएको बताए । तानसेन नगरपालिका लुम्बिनी  प्रदेश कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम रहेको नगरपालिका रहेको बताए । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ ।

 

 नगरपालिकाकाे  पूर्वमा बगनासकाली गाउँपालिका,पश्चिममा रिब्दीकोट गाउँपालिका, उत्तरमा स्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन । ती पालिका तथा जिल्लाहरूकाे सिमाना नगरपालिकाले स्वागत बाेर्ड राखेको बताए । पछिल्लो समयमा भारतीय पर्यटकहरू दैनिक रूपमा सयाैकाे सङ्ख्यामा  पाेखरा जाने गरेको बताए । नगरपालिकाले ती पर्यटकहरूलाई तानसेनमा प्रवेश गरेको जानकारी दिन र पर्यटकहरूकाे आगमनमा वृद्धि गरि  तानसेनमा बसाइँ लम्बाउनका लागि प्रयास थालिएको बताए । तानसेनकाे विकास कृषि र पर्यटनबाट नै सम्भव रहेकाले नगरपालिकाले तानसेनलाई पर्यटकीय गन्तव्य स्थलकाे रूपमा विकास गर्न सकारात्मक र रचनात्मक कृयाकलापहरू सञ्चालन गरिरहेकाे बताए ।  

Comments