तानसेन बढिज्ञानटाेलमा पाइप विस्तारकाे काम रातारात धमाधम
पाल्पा- तानसेन खानेपानी उपभोक्ता समितिले तानसेन वडा न २ काे आन्दाेलन चाेक देखि हुलाक घर सम्म पाइप लाइन विस्तारकाे कामलाई रातारात धमाधम गरिरहेकाे छ । आज बुधबार १४ गते रातकाे करिब ९ बजेर ५ मिनेटकाे समय भइसकेको छ । तर यति राति सम्म पनि पाइप विस्तारकाे काम धमाधम भइरहेको छ । अहिले तानसेन खानेपानी उपभोक्ता समितिकाे अध्यक्ष माेहन श्रेष्ठ हुनुहुन्छ । यतिबेला अध्यक्ष श्रेष्ठ सहित खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरू पाइप विस्तारमा व्यस्त हुनुहुन्छ । श्रेष्ठले तानसेन खानेपानी उपभोक्ता तर्दथ समितिकाे अध्यक्ष पदकाे कार्यभार समाले सँगै खानेपानीकाे चरम समस्या भाेगिरहेका आम तानसेन बासीलाई खानेपानी सहज उपलब्ध गराउन रचनात्मक र सकारात्मक कार्य गर्नु भएको छ ।
हुलाक घरबाट आन्दाेलन चाेक सम्म खानेपानीकाे पाइप २ इन्चकाे मात्र रहेकोले हाल उपभोक्ता समितिले बसपार्क क्षेत्र,बारूदखान क्षेत्रका उपभोक्तालाई सहज र प्रयाप्त खानेपानी उपलब्ध गराउने हेतुका साथ ३ इन्चकाे पाइप विस्तारलाई तिव्रता दिइएको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठले बताए । अहिले रात दिन नभनि आम तानसेनबासी उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउनका लागि काम गरिरहेकाे अध्यक्ष श्रेष्ठले बताए । खानेपानी तर्दथ समितिबाट विश्वास गरि मलाई पुन अध्यक्ष पदमा आम तानसेन खानेपानी उपभोक्ता समितिका सदस्यहरू,राजनीति दलले निर्वाचित गर्नुभयाे । आखिर गरे के सम्भव रहेनछ अहिले तानसेनकाे खानेपानीलाई सर्वसुलभ बनाउने गरि काम गरिरहेका छाै । अध्यक्ष श्रेष्ठ बताए । तानसेनमा खानेपानी समस्या भन्दा पनि व्यवस्थापकिय पक्षलाई व्यवस्थित गर्न जरूरी रहेछ । अहिलेको समितिले व्यवस्थापकिय पक्षलाई व्यवस्थित बनाउन लागि परेको बताए ।
तानसेनका उपभोक्ताले घर बनाउने,जग्गा किन्ने तर खानेपानी धारा नपाउदा धेरै समस्या रहेको परिस्थितिमा अहिलेकाे समितिले धारा वितरणलाई सहज बनाएकाे उपभोक्ता समितिका सदस्य महेन्द्र खातीले बताए । तानसेन उपभोक्ता समितिले हाल सम्म विभिन्न संघ सस्था,उपभोक्ताहरूकाे मागलाई मध्ये नजर गरि करिब ४५ सय धारा वितरण गरिएको बताए । तानसेनकाे खानेपानीलाई सहज र सर्वसुलभ बनाउन उपभोक्ता समितिले काम गरि रहेको बताए ।
तानसेन खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष लाल मने पुनले विगतमा चैत बैशाखकाे समयमा तानसेनमा खानेपानी समस्या हुने गरे पनि अहिले खानेपानीकाे समस्यालाई केहि हद सम्म सहज बनाउन लागि परिरहेको बताए । आगामी दिनमा खानेपानीलाई अझै व्यवस्थित गरि सहज बनाउन तानसेन खानेपानी उपभोक्ता समिति लागि परि रहने बताए ।








































Comments