राेजगारीका अवसर खाेजीरहेका युवाहरूलाई मिनी टिलर र कम्बाइन्ड मिल मर्मत तालिम

पाल्पा- पश्चिमी पाल्पाको रैनादेबी छहरा गाउँपालिकाले पालिकाका राेजगारीका अवसर खाेजीरहेका युवाहरूलाई मिनी टिलर र कम्बाइन्ड मिल मर्मत सम्बन्धि तालिम प्रदान गरेको छ । गाउँपालिकाले उपाध्यक्षसँग युवा कार्यक्रम अन्तर्गत १ महिने मिनी टिलर र कम्बाइन्ड मिल मर्मत सम्बन्धि तालिम गाउँपालिकाको सभाहलमा समापन गरेकाे हाे । कार्यक्रम गाउँपालिका उपाध्यक्ष युवराज थापाको अध्यक्षता भएको थियाे । 

 

कार्यक्रमकाे उद्घाटन गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको ब्यानर पढेर गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष भट्टराईले तालिमले युवाहरूलाई स्वराेजगार बनाउन सहयोग गर्ने अपेक्षा रहेको बताए । गाउँपालिकाका अधिकाश नागरिकहरू कृषि पेशामा आवद्व रहेका छन । ती कृषकहरूले प्रयाेग गर्ने उपकरणमा समस्या देखा परेको परिस्थितिमा अन्य स्थानबाट मेकानिक ल्याउनुपर्ने अवस्था थियाे । गाउँपालिकाले युवाहरूलाई प्रशिक्षित बनाउन तथा स्वराेजगार बनाउन तालिम सञ्चालन गरेको बताए । तालिममा सिकेका कुराहरूलाई निरन्तरता दिन र एक सफल व्यवसायी बनी उदाहरणीय बन्न गाउँपालिका अध्यक्ष भट्टराईले सहभागीहरूलाई आग्रह गरे । 

 

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बश्यालले गाउँपालिकाले कृषकहरूकाे आवश्यकतालाई मध्ये नजर गरि तालिम सञ्चालन गरेको बताए । सहभागीहरूले तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आग्रह गरे । कार्यक्रममा गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेल, १ नं वडाध्यक्ष सोम बहादुर दर्लामी लगाएतकाे उपस्थिति रहेकाे  थियो ।

 

कार्यक्रम गाउँपालिकाका कृषि शाखा प्रमुख सिर्जना थापाकाे स्वागत मन्तव्य, ना.प्रा.स. गणेश खत्रीकाे सञ्चालनमा भएको  थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि रुक्माङ्गत भट्टराई,गाउँपालिका उपाध्यक्ष  युवराज थापा लगायतले प्रमाण पत्र तथा मर्मत गर्न आवश्यक पर्ने मेशिनरी सामाग्री प्रदान गरेका थिए  ।

Comments