पर्यटन तथा होमस्टे मार्फत आयआर्जनको अभियानमा जोडिदै तिनाउका महिलाहरु

पाल्पा २९ जेठ-तिनाउ गाउँपालिका ६ वटै वडामा पर्यटन तथा होमस्टे प्रवद्र्धन गर्ने उद्देश्यले दोभानमा दुई दिने अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । पाल्पा विकास केन्द्रको आयोजना, तिनाउ गाउँपालिकाको समन्वयमा र सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाको आर्थिक सहयोगमा पालिकाका महिलाहरुलाई केन्द्रित गरेर पर्यटन तथा होमस्टे प्रवद्र्धन   अभिमुखीकरण कार्यक्रम संचालन भएको हो ।

 

​गाउँपालिकाको ६ वटै वडामा होमस्टे मार्फत आन्तरीक तथा बाह्य पर्यटकहरु भित्राउने, गाउँ गाउँमा आर्यआर्जन बढाउने, महिलाहरुको उधमशिलता बढाउने र महिलाहरु लाई आर्थिक रुपमा वलियो बनाउने अभियानाका साथ लुम्विनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालयको सहयोगमा पाल्पा विकास केन्द्रले महिलाहरुको सहभागितामा कार्यक्रम गरेको हो ।

 

​कार्यक्रमको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले शुुभारम्भ गरे । तिनाउ गाउँपालिकालाई  पर्यटन तथा कृषिको माध्यम सम्बृद्ध बनाउने, महिलाहरुको आयआर्जन बढाउने काममा समुदाय स्तरमा जस्तो सुकै सहयोग गर्न पालिका तयार रहेको अध्यक्ष श्रेष्ठ कार्यक्रममा प्रतिवद्धता जनाए । अहिले बजेट बनाउने समय भएको छ , महिला दिदि वहिनीहरुले होमस्टे संचालनको लागी योजना लिएर आउनुस, आउने बर्षबाटै काम शुरु हुने पालिका अध्यक्ष श्रेष्ठले बताए ।

 

​कार्यक्रममा पालिका उपाध्यक्ष लाल बहादुर थापाले पैसा कमाउन तिनाउवासीलाई कुनै दुख नरहेको बताए । अलिकती मिहेनत गर्नुस घरमै बसी बसी महिनाको चालिस, पचास हजार सजिलै कमाउन सकिन्छ त्यसको लागी पालिकाले वातावरण तथा पुर्वाधार तालिम कला संस्कृती लगायतका समुुदायलाई आवश्यक सहयोग पालिकाले गर्ने उपाध्यक्ष थापाले बताए ।

 

​कार्यक्रममा तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओम बहादुर घर्तिमगरले आफ्नो कार्यकालमा मस्यामको जन्तिलुङमा शुरु गरेको होमस्टे अहिले व्यस्थित हुदै गएको दिनहु पर्यटकहरु बढ्दै गएको, स्थानीयहरुको रोजगारी बढेकोले तिनाउका अन्य ५ वट वडामा पनि संचालनको लागी तालिमले मद्दल मिलेको बताए ।

 

​कार्यक्रममा तिनाउ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष यादव अर्यालले पालिकाका सबै वडाहरुका पर्यटकीय पुर्वाधारहरु निर्माणहुदै गएको, बाटा घाटाहरु सहज हुदै गएको, अधिकाश घरहरुमा एक घर एक धारा पुुगेकोले बुटवल बाट सबै वडाहरुमा एक डेढ घण्टामा पुुगिने भएकोले होमस्टेको माध्यमबाट राम्रो आम्दानी गर्न सकिने बताए ।

 

​अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय  होमस्टे महासंघका उपाध्यक्ष धनिश्वर बस्याल, नेपाल रेडक्रस सोसाईटी पाल्पाका कार्यालय प्रमुख विनोद भारती, सामाजिक अभियान्ता राजेश श्रेष्ठ लगायतले सहजीकरण गरेका छन । होमस्टेमा पाहुनालाई स्वागत गर्ने तरीका, खानपानको व्यबस्थापन, सरसफाई, स्थानीय कृषि उत्पादनको खानपान, स्थानीयकला संस्कृती, भेषभुषाको प्रयोग गर्ने विषयमा प्रशिक्षकहरुले जानकारी गराएका थिए । होमस्टे मार्फत सिंङ्गो गाउँ तथा वडाको विकास संगै गाउँको सबै किसिमका उत्पादनहरु होमस्टे मार्फत नै विक्रि वितरण गर्ने तरीकाबारेमा प्रशिक्षकले जानकारी गराएका थिए । होमस्टे संचालन गर्नको लागी सरसफाई, आतिथ्यता, स्थानीय परिकार, बोली व्यबहार, सौन्दर्यकरण, सुत्ने विस्तरा देखी शौचालय अवस्था सम्मको व्यबस्था लगायतका विषयमा विशेष ध्यान पुर्याएमा होमस्टे पूर्णरुपमा संचालन हुने प्रशिक्षकहरुले जोड दिए ।

 

​पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले तिनाउ गाउँपालिकाको वडा वडामा होमस्टे संचालन गरी गाउँ गाउँमा आन्तरीक तथा बाह्य पर्यटकहरु भित्राउदै महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागी अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा पालिका बाट ८० जना महिलाहरुको सहभागिता रहेको थियो । गाउँपालिकाका प्रवक्ता यादव अर्यालको अध्यक्षता, पाल्पा विकास केन्द्रका निवर्तमान अध्यक्ष कृष्ण पोखरेलको स्वागत र कार्यक्रम संयोजक किरण कौशलको संचालनमा कार्यक्रम चलेको थियो । गाउँपालिकाको वडा नं ६ मस्याम, वडा नं  ५ मरामकोट, वडा नं ४ को सत्यवतीमा होमस्टेको शुरुवात भएको छ वडा नं १ कचल, वडा नं २ दोभान, वडा नं ३ झुम्साका विभिन्न भागमा होमस्टे संचालनको तयारीमा महिलाहरु जुटेका छन ।

Comments