प्रथम तानसेन महोत्सव सम्पन्न,३ लाख दर्शकले मेलाकाे अवलोकन र ८ करोड बराबरको आम्दानी
तानसेन नगरपालिकाको आयोजनामा तानसेनको टुडिखेलमा भएको प्रथम तानसेन महोत्सव २०८० सकिएको छ । फागुन १९ गते देखी शुरु भएको महोत्सव चैत्र १ गते सम्म १३ दिन संचालन भई सम्पन्न भएको हो । महोत्सव समापन कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले तानसेन नगरपालिकाले महोत्सव गरेर प्रदेशमै नमुना काम गरी राजश्व संकलन गरेको बताए ।
माटाका भाडा, काठका भाडा, बासका सरसमान, विभिन्न घरेलु कृषि औजार जस्ता बस्तुहरुको प्रदर्शनी अनुसारको उनीहरु लाई प्रोत्साहन हुने गरी निती तथा कार्यक्रम बजेट बनाएर काम गर्न नगरपालिका लाई सभामुख घर्तीमगरले सुझाव दिए । पाल्पाको पर्यटन विकासको लागी तानसेन लाई केन्द्र विन्दु बनाएर पर्यटन पुर्वाधार, पर्यटन गन्तव्यहरुको विकास गर्दै जानु पर्ने सभामुख घर्तीले बताए । पाल्पाका स्थानीय, प्रदेश तथा संघीय जनप्रतिनिधीहरुले हाम्रो पाल्पा, राम्रो पाल्पा, सम्बृद्ध पाल्पा बनाउन आ आफ्नो क्षेत्र बाट सक्रिय भुमिका खेल्न सभामुख घर्तीमगरले अनुरोध गरे । लुम्विनी प्रदेश सरकारले पाल्पा लाई ढाका र करुवाको प्रवद्धन गर्न विशेष कार्यक्रम, बजेट विनियोजन गर्ने सभामुख घर्तीमगरले बताए ।
कार्यक्रममा पुर्व उधोगमन्त्री सोम प्रसाद पाण्डेले पाल्पा पहाडी क्षेत्र भएकोले ठुला ठुला उधोग धन्दा कलकारखानाको संभावना कम भएकोले पर्यटनको माध्यम बाट नै जिल्ला सम्बृद्ध बनाउन सकिने बताए । आफ्नो कार्यकालमा पाल्पा लाई चिनाउने पर्यटन सम्वन्धी थुप्रै काम तथा गतिविधीहरु गरेको पुर्वमन्त्री पाण्डेले बताए । प्रदेश सांसद खेम बहादुर सारु तानसेन नगरपालिकाले गरेको महोत्सव सकारात्मक तथा नकरात्मक दुबै पक्षको समिक्षा गरेर भएक कमि कमजोरीहरु लाई सच्चाएर जानु पर्नेमा जोड दिए । प्रदेश सरकारले पाल्पाको पर्यटन विकासमा सहयोग पुर्याउन श्रीनगर सास्कृतिक डवली निर्माण गरी तानसेन नगरपालिका लाई हस्तानतरण गरेको बताए ।
कार्यक्रमा जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, घरेलु तथा साना उधोग कार्यालय पाल्पाका प्रमुख श्यामकृष्ण पौडेल र पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले महोत्सव बाट नगरपालिकाले ठुलो राजश्व संकलन गरेर नमुना काम गरेता पनि मिडियामा आएका आलोचनात्मक कुराहरुलाई पनि गंभिर रुपमा लिई सुधार गर्नुपर्नेमा जोड दिए । महोत्सव समापन कार्यक्रम नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, उप प्रमुख प्रतिक्षा गाहा सिंजालीको धन्यवादज्ञापन र प्रवक्ता यादव सिंह कार्कीको संचालनमा भएको थियो । महोत्सवमा ३ लाख दर्शक र १० करोड रुपैयाको कारोवारको अपेक्षा राखेकोमा दर्शकको संख्या ३ लाख पुगेपनि ८ करोड सम्मको कारोवार भएको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाले महोत्सव बाट ६१ लाख रुपैया राजश्व संकलन गरेको जनाएको छ ।








































Comments