पाल्पामा किशाेरी मृत घटनाकाे अपडेट : शव पाेष्ट मार्टमकाे लागि ल्याइयाे
पाल्पाकाे रिव्दीकाेट-१, ख्याहामा भेटिएकाे किशाेरीकाे शब पाेष्ट मार्टमका लागि तानसेन ल्याइएकाे छ । घटनाकाे स्थलगत अनुसन्धान पछि मृतककाे शब पाेष्टमार्टमका लागि तानसेन ल्याइएकाे प्रहरीले जनाएकाे छ ।
मङ्गलबार घरबाट नुहाउन हिँडेकी १८ वर्षकी पदमा सुनार बेलुकी ५ बजेतिर मृत भेटिएकी थिइन् । उनकाे हत्या भएकाे दावी गरिएकाे छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकाे जनाएकाे छ । प्रहरीले घटनामा संलग्न भएकाे आशंकामा स्थानीय दुइजना युवालाइ समेत पक्राउ गरेर अनुसन्धान थालेकाे जनाएकाे छ ।








































Comments