पाल्पा गुल्मी सडक खण्ड अन्तर्गत सम्माेबारीकाे सडक निर्माण गर्न सभापति श्रेष्ठकाे निर्देशन

पाल्पा- के तपाईं पाल्पा गुल्मी सडक खण्डकाे यात्रा गर्नु भएको छ । यदि गर्नु भएको छ,भने पाल्पाकाे तानसेन वडा न ११ बन्दिपाेखराकाे सम्माेबारी नजिकै सडक धुलाम्मे छ । उक्त सडकमा यात्रुहरू यात्रा गर्दा साेच्ने गर्दछन । यही स्थानमा दुईवटा गाडि क्रस नहाेस भनी ,याे साेच्नुकाे एउटै मात्र कारण छ । यदि बाटाेमा दुइवटा सवारी क्रस भएमा धुलाम्मै भइन्छ । साना सवारीसाधन (माेटर बाइक)का चालकहरू त झनै समस्याबाट पिडीत हुने गर्दछन । सडकमा रहेका खाल्डाखुल्डी र सडक धुलाम्य भएकै कारण साना सवारीसाधन (माेटर बाइकहरू) दुर्घटनामा समेत पर्ने गरेका छन । साेही स्थान नजिकै वि स २०७७ साल असार ८ गते  सोमबार पहिराेले तीनवटा सवारीसाधन बगाएकाे थियाे ।

 

त्यसपछि उक्त स्थानमा सडक बिस्तार गर्ने क्रममा बाटाे चाैडा गरिएको थियाे । तर हाल सम्म पनि उक्त स्थानमा सडककाे ग्राभेल र पिजकाे काम हुन नसक्दा सवारी चालकहरूले सास्ती पाएका छन ।

 

नेपाली काङ्ग्रेसले सञ्चालन गरेको "समुदायमा काङ्ग्रेस" अभियानकाे क्रममा तानसेन वडा न ११ बन्दिपाेखरा पुग्नु भएका नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले उक्त सडक छिटो निर्माण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । समुदायमा काङ्ग्रेस अभियानकाे क्रममा रहेका सभापति श्रेष्ठले उक्त स्थानकाे सडक धुलाम्य रहेको ,सडकमा ठुलाठुला खाल्डाखुल्डीहरू रहेकाले विशेष गरी साना सवारी साधनहरू दुर्घटनामा पर्ने गरेको गुनासाे स्थानीयबासीबाट आएकाेले सम्बन्धित पक्षलाई यथाशीग्र  सडक निर्माण गर्न निर्देशन दिनुभएको छ । साेहि ठाउँमा विगतकाे ठुलाे पहिराे र सडक विस्तारकाे क्रममा समेत माटाे ढुङ्गा तल्लो भागमा रहेका खेतीयोग्य जमिनमा समेत क्षति स्थानीय बताउनुभयो । 

 

हामीले सवारी चालक र स्थानीय बासीबाट गुनासो आए पछि पाल्पाका सडक डिभिजन कार्यालय प्रमुख बाबुराम सापकाेटसँग कुराकानी गरेका थियाे । डिभिजन प्रमुख सापकोटाले ठेकेदारका लापरबाहीकै कारण बाटाे समयमै निर्माण हुन नसकेको बताउनुभयाे । ठेकेदारलाई हामीले पटकपटक सम्पर्क गरेका छाै । छिटो सडक बनाउन निर्देशन दिएका छाै । तर ठेकेदारले सम्पर्क गर्दा फाेन नउठाउने गरेको बताउनुभयो । सडककाे सिग्र निर्माणका लागि आफुहरू ठेकेदार कम्पनीलाई दबाब दिइरहेकाे बताउनुभयो । सडक विस्तारकाे नाममा सडक जथाभावी खन्दा कतिपय ठाउका सडकहरू जाेखिममा छन । भने कतिपय स्थानमा सडक समयमा निर्माण नभएकै कारण सवारीचालकहरू जाेखिम माेलेरै यात्रा गर्न  बाध्य छन ।

Comments