निस्दीमा दोस्रो कृषि पर्यटन,सांस्कृतिक तथा खेलकुद महोत्सव हुने !!
होम राई मगर
पाल्पा / ४ चैत । निस्दी गाउँपालिका पाल्पामा दोस्रो कृषि तथा पर्यटन,सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ । आगामी चैत २६ गते देखि बैशाख ३ गतेसम्म महोत्सव सन्चालन हुने निस्दी खेलकुद बिकास समितिले पत्रकार सम्मेलन मार्फत आइतबार जानकारी गराएका हुन् ।
निस्दीको खेलमैदान झ्याल्टुङ्गमा सन्चालन हुने महोत्सवमा स्थानीय संस्कृति,कृषि,पर्यटन र खेलकुद बिकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक उमेश कुमार गाहाले जानकारी दिनुभएको छ । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिदै झिरुबासको काउलेडाडा,सहकोटको जुरे गुफा,अर्चलेको लेकडाडा लगायतका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा टेवा पुग्ने संयोजक गाहाले बताउनुभयो त्यसैगरी बाँसको चोयाबाट बन्ने सामाग्रीहरुको बिक्री वितरणमा समेत सहयोग पुग्नेमा आफू विश्वासत रहेको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले पर्यटकीय स्थल,मगर संस्कृति र खेल क्षेत्र मार्फत निस्दीलाई चिनाउन सकिने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले कृषि अन्तर्गत अम्रिसो र अदुवाले विश्वमा समेत निस्दीले परिचित गराउन सक्षम रहेको स्मरण गराउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले मेहनतको नमुना निस्दीका जनताहरु रहेको र महोत्सवमा पत्रकारहरुको साथ र सहयोग रहने बताउनुभयो । महोत्सवमा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताका साथै दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मूल आयोजक समितिका संयोजक उमेश कुमार गाहाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सन्चालन समितिका सह-सचिब होम राई मगरले गर्नुभएको हो ।








































Comments