कोलोराडोमा भलिवल प्रतियोगिता हुदै !
विक्रम वारघरे । कोलोराडो । मगर संघ अमेरिका कोलोराडो च्यापटरको को आयोजनामा "२० औं मगर संघ स्थापना दिवसको उपलक्ष्यमा " 1st MAUSA Cup पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।
यहि मार्च ३१ तारिक आईतवारको दिन प्राईम भलिवल एकाडेमीमा हुने प्रतियोगितामा ६ टोलिको सहभागीता रहनेछ । प्रतियोगितामा आयोजक, नेपाली म्यान, सिकारी युथ, अरोरा युनाइटेड, टि. पि. एल. ए. यु.एस.ए. र गोर्खाली टिम रहेका छन् । विजेताले १२०० डलर, उपविजेताले ६०० ट्रफि, मेडल र प्रमाणपत्र साथै वेस्ट सेटर र वेस्ट पेलेयरले पनि मेडल पाउने टेक थापाले जानकारी दिनुभयो ।








































Comments