कांग्रेस प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत शनिबार बुटवल आउँने !

बुटवल, जेठ २० ।

नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशन यहीँ जेठ २४ गते शनिबार बुटवलमा हुने भएको छ । उक्त अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन गर्न नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री मा. डा. प्रकाश शरण महत आउने भएका छन् ।

 

 अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको समितिका सचिव विनोद घिमिरेले जानकारी दिएका छन् । अधिवेशन बुटवल उपमहानगरपालिका–९ स्थित एसियन पार्टी प्यालेसमा आयोजना गरिएको छ । अर्घाखाँची रुपन्देही सम्पर्क समितिका साधारण सदस्य करिब ८०० रहेका छन् भने पालिकागत सम्पर्क समितिको अधिवेशन सकिएको छ । जिल्ला सम्पर्क समितिको दोस्रो अधिवेशनलाई भव्य र सव्य रुपमा सफल बनाउन अर्घाखाँची जिल्लाका सबै विशिष्ट नेताहरूलाई निमन्त्रणा पठाएको अध्यक्ष तुल्सी भुसालले जानकारी दिए । कार्यक्रम व्यवस्थापनमा नेपाल विद्यार्थी संघलाई स्वयंसेवकको जिम्मेवारी दिइएको छ ।

 

नेपाली कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समिति २०७४ सालमा तुल्सी भुसालको अध्यक्षतामा स्थापना भएको थियो । दोस्रो अधिवेशनले संगठनात्मक समीक्षा र आगामी दिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उपाध्यक्ष टिकाराम बन्जाडेले बताउनुभयो ।

Comments