गुन्युचोली र दौरासुरवाल सिलाई कटाई सम्बन्धि १ महिने तालिम पाल्पाको रामपुरमा शुरु
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र कालीगण्डकी फाउण्डेशन नेपालको समन्वयमा नेपाली पोषाक दौरासुरवाल गुन्युचोली सिलाई सम्बन्धि तालिम शुरु भएको छ ।
रामपुर नगरपालिकामा चलेको १ महिने तालिम उद्घाटन गर्नुहुदै रामपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बजार भेगमा धेरै सिलाई कटाई व्यबसायिक भएपनि धेरैमा यो सीप नभएकोले तालिम फलदायी हुने बताउनुभयो । तालिम पाउनु भन्दा पनि यो समयावधिमा धेरै भन्दा धेरै सीप सिकेर व्यबसायिक हुन आग्रह गर्नुभयो ।
नेपाली पोषाक दौरासुरुवाल सिलाई कटाई सम्बन्धि तालिम बजार क्षेत्रमा आवश्यकता महशुस गरेर घरेलु तथा साना उद्योग कार्यालयले रामपुर र तानसेनमा तालिम आयोजना गरेको उद्योग अधिकृत श्याम कुमार पौडेलले बताउनुभयो । भएको सीपलाई थप दक्षता दिन निखारता ल्याउनु एउटा कुरा हो, व्यबसायिकतालाई बढाउदै आयआर्जनलाई बढावा दिनु तालिमको मुख्य उद्देश्य हो पौडेलले भन्नुभयो ।
तालिम समापनमा कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले रामपुर क्षेत्रमा बेसिक सीप सिकेर व्यबसायिक काम गरिरहेकालाई एड्भान्स रुपमा दौरासुरुवाल र गुन्युचोली तालिममा सहभागी बनाएको र राम्रो गरि तालिम सिक्न आग्रह गर्नुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन उद्योग कार्यालयका उद्यम सहजकर्ता मनोज घिमिरेले गर्नुभएको हो । तालिम आगामी चैत १९ गतेसम्म चल्नेछ ।








































Comments