फागु नाचँसँगै मौलिक कला संस्कृती जागरण गर्दै रिब्दीकाेट गाउँपालिका

पाल्पा-होली पर्व, फागु पर्वलाई ठाउँ प्रकृती अनुसार भिन्न भिन्न शैलीमा मनाउने गरिन्छ । कतै रंङ्ग, अविर लगाएर मात्र होली पर्व मनाउने गरिन्छ भने कतै होलिकामा आधारित रहेर रामायण र कृष्ण लिलाका भजन चुट्कामा नाच्ने गाउने परम्परा रहेको छ  । यसैगरी पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नंं ४ भैरवस्थानमा परम्परागत फागु खेलिएको छ । पालिकाको यस्तै मौलिक कला संस्कृतीमा आधारित रहेर  पाल्पा रिव्दीकोट गाउँपालिका  वडा नंं ४ भैरवस्थानका  बुढापाका, युवा, महिला वालवालिकाहरु एक आपसमा अविर तथा विभिन्न किसिमका  रंगको होली खेल्दै, घर घर चोक, चोक टोल टोल तथा मन्दिर, चौपारीमा  परम्परागत फागु नाच  नाचेका छन । आजकल गाउँस्तर बाट समेत लोप हुदै गएको परम्परागत फागु नाचमा भैरवस्थानवासीहरु  रमाएका छन ।  रिव्दीकोट गाउँपालिकाको ८ वटा वडाहरुमा स्थानीय बासिन्दाहरुसंग मिलेर एक आपसमा रंङ्ग अविर लगाएर  फागु नाचँ नाच्दै मौलिक  कला संस्कृती जागरण अभियानामा लागेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले  बताउनुभयो । 

 

फचन्द्र प्रसाद खनाल रिब्दीकाेट गाउँपालिका वडा न ४ निवासी हुनुहुन्छ  । उहाले विगतकाे समयमा फागु पुर्णिमाको दिन आउनु  भन्दा एक हप्ता अगाडी देखी नै गाउँघर टोल बस्तीमा अविर, रंग लगाउदै भगवान  रामायण, कृष्णका  कथाका टुक्कामा  गाउदै,  ढोलक, टेम्को, मादल खैजरु, मझुरा बजाउदै, परम्परागत फागु नाच नाच्ने प्रचलन रहेता पनि पछिल्लो समयमा यस्तो प्रचलन घट्दै गएको बताउनुभयो ।  युवा पुस्तामा रंग अविर लगाएर होली पर्व मनाए पनि परम्परागत फागु नाचको जानकारी नहुदा कला संस्कृती नै लोप हुने अवस्थाबाट बचाउन  गाउँ गाउँमा बुढापाका संगै युवा पुस्ता जमेर फागु नाचमा रमाएकाे बताउनुभयो ।  गाउँका बुढापाका संगै फागु नाचको परम्परागत कला संस्कृती सिक्न र सिकाउन फागु समुहमा सहभागी भएको खनालले बताउनुभयो । 

 

त्यस्तै वडा न ४ कै गंगा बहादुर थापाले भजन तथा चुट्टाको  तालमा मादल  ढोलक, दमाहा, ट्याङकुली टेम्को साथमा नाच्दै एक आपसमा रंग, अविर दली रमाईलो  गर्दा  गााउँ गाउँमा फागु पर्वको रौनक बढेको बताउनुभयो  । फागु पर्वको मौलिक कला संस्कृती लाई  जिवन्त राख्न रिव्दीकोटका सबै जात जाती समुदायको सहभागीतामा आ आफ्ना भेषभुषा पहिरनमा एक आपसमा रङ्ग अविर लगाउदै फागु खेलिएको अगुवा थापाले बताउनुभयो । 

 

स्थानीय अगुवा धर्मराज खनालले मौलिक कला संस्कृती राष्ट्रको गहना रहेको बताउनुभयो  । अहिलेका पाका पुस्ताहरु, बाउ बाजे संग भागी भागी फागु गाउँदै  रमाउदै हिडेको झलझली सम्झिन्छन तर विचको समयमा मौलिक परम्परा फागु नाच संस्कृती हराउदै गयो । अहिले फेरी पाका पुस्ताहरु युवाहरुको सहभागीमा मौलिक कला संस्कृती जागणको अभियानमा लागेका थापाले बताउनुभयो 

 

फागु पुर्णिमाको अवसरमा पाल्पाको  भैरवस्थान, देउराली, ख्याहा, बतासे, सोमादी, लालपाटी, चिदिपानीमा मौलिक फागु नाच देखाउने गरिन्छ । पाल्पाको रिव्दीकोटले जस्तै अन्य  पालिकाहरुले परम्परागत  फागु नाच जस्ता मौलिक  संस्कृतिलाई जिवन्त राख्नको लागी अभियान संचालन गरेमा लोप हुदै गएका स्थानीय कला संस्कृतीहरु जोगिदै जाने छन ।

Comments