युद्ध जितेको खुसियालीमा पाल्पामा ऐतिहासिक विजयउत्सव रथ यात्रा ।

पाल्पा  ११ भदौ 

नेपालले अग्रेज सेनालाई युद्धमा जितेको  खुसियालीमा पाल्पाको सदरमुकाम तानसेनमा  २०५ औ  ऐतिहासिक विजयउत्सव भगवती रथयात्रा  निकालिएको छ । वि. सं १८७१ पौष देखी १८७२ जेठसम्म पाल्पा नुवाकोट, बुटवल जितगढी युद्धमा नेपालले अंग्रेज लाई पराजित गरेको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर र्सिह थापाको नेतृत्वमा  दुईपटक सम्म अंगेज सेना संग युद्धमा नेपालले विजय हासिल गरेको थियो । 

 

नेपाली सेनाले अग्रेज सेनालाई युद्धमा जितेको  खुसियालीमा पाल्पाको सदरमुकाम तानसेनमा  २०५ औ  ऐतिहासिक विजयउत्सव भगवती रथयात्रा  निकालिएको छ । २०५ औ विजयउत्सव एवं भगवती रथयात्रामा सम्मानीय राष्ट्रपती रामचन्द्र पौडेलले अवलोक गर्नुभएको छ  । राष्ट्रपती पौडेल बाट विजय उत्सव अवलोकन गर्दै भगवती मन्दिर पुजा आजा समेत गर्नुभयो  ।  विजय उत्सवको   रक्षामन्त्री मानविर राई, , संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीनाथ पाण्डे, लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य  प्रदेश अर्थमन्त्री धनेन्द्र कार्की, स्वास्थ्यमन्त्री खेम बहादुर सारु, प्रदेश सभामुख तुलाराम घर्तीमगर लगायत  सरकारका उच्च पदस्थ व्यक्तिहरुले अवलोकन गर्नुभयो । 

 

विजयउत्स स्वरुप भगवती रथ  यात्रा मंगलवार   १२ : ३० बजे उठाई तानसेन बजारको चोक चोकमा घुमाइएको छ  । जनताहरु लाई आज भन्दा २ सय ५  बर्ष अघि नेपाली सेनाले विश्वशक्ति राष्ट्रको रुपमा चिनिएको अग्रेज सेना लाई पराजित गरेको इतिहास सम्झाइएको छ  । 

 

तत्कालीन प्रशासक कर्णेल थापाले  बुटवल जितगढी युद्धमा विजयी भएमा तानसेनमा भगवतीको तिन तले  मन्दिर बनाई भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरेका थिए । २ पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा बिजयी भएपछि   कर्णेल उजिर थापाले वि.स. १८७२ देखी ७६ सम्म गजुर सहितको ३ तले मन्दिर निर्माण पुरा गरेपछी, वि.स. १९७७ साल देखी तानसेनमा अग्रेजी सेना लाई जितेको खुसियालीमा  बिजयउत्सव  मनाउन थालिएको हो । आधुनिक हातहतियार सहितको तालिम प्राप्त अंग्रेज सेना संग घरेलु हातहतियारको आधारमा  कुटनितिक तरिका बाट तत्कालीन नेपाली सेनाले युद्ध जितेको थियो ।

Comments