युनाइटेड मिशन हस्पिटलको २४ औँ साधारणसभा सम्पन्न
पाल्पाकाे तानसेन वडा न १ मा रहेको युनाइटेड मिशन हस्पिटलको २४ औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दे युनाइटेड मिशन टु नेपालका निर्देशक युवराज आचार्यले मिशन हस्पिटलको उत्तरउत्तर प्रगतिको कामना गर्नुभयाे । नेपाल सरकार अन्तर्गतको विमा वोर्डबाट मिशन हस्पिटलले पाउनुपर्ने करिव ९ करोड भन्दा वढि बक्यौदा रकम भुक्तानी नपाएको बताउदै समय सापेक्ष औषधी उपचारको मूल्य समायोजन भएमा छिट्टै स्वाथ्य विमा सुचारु हुनसक्ने संकेत गर्नु भयो । कार्यक्रममा रेडक्रसका शभापति वावुराम कार्की, उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पत्रकार यज्ञमुर्ति तिमल्सिना, वडा नं. १ का वडाध्यक्ष शुनिल वस्याल, जनस्वास्थ्य प्रमुख राजेन्द्र कुमार गिरि, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, प्रदेश शभासद खिम वहादुर सारु लगायतले आआफ्ना विचार सहित हस्पिटलको सफलताको कामना गरेका थिए ।
कार्यक्रममा हस्पिटलकी डाईरेक्टर डा.रचेल कारखले वार्षिक प्रतिवेदन पेस गर्दे यस वर्षमा करिव opd वाट १०५९०२ जना र Emergency वाट १६५७१ गरि जम्मा १२२४७३/ जना विरामीले उपचार लिएको जानकारि दिनु भएको थियो भने हस्पिटलका प्रसासकिय अधिकृत जीवन भट्टराईले आर्थिक वर्ष २०७९/८० मा करिव रु ५६-१७-३३-००५/ रुपिया वरावरको आयव्ययको विवरण प्रस्तुत गर्नु भयो । जस मध्ये गरिब र आर्थिक हिसावमा कमजोर विरामीका लागी यसबर्ष हस्पिटलले रु १५९९८९९१ वरावरको उपचार नि:शुल्क रुपमा गरेको कुरा जानकारि गराउनु भयो ।
६९रौं वसन्त पार गर्दे गरेको र २४सौ साधारणसभा पुरा गर्दे गरेको मिशन हस्पिटलको प्रसासनले हस्पिटलको वार्षिक प्रतिवेदनमा सर्वसाधारण जनताले न्युनतम् शुल्कतिरि उपचार गर्न पाउनु पर्ने अधिकार स्वाथ्यविमा सुचारु गर्ने वारे हस्पिटलको भावी योजना कुनै कार्यक्रम नराखेको तथा राजनितिक दलहरुलाई आथित्यताका लागि आमन्त्रण सम्म नगरेको साथै उपस्थिति जनसमुदायलाई आआफ्नो गुनासो वा सुझाव दिने समय सम्म नछुट्याएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।
कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक टंकनाथ खनालको शभापतित्व, प्रसासकिय अधिकृत जीवन भट्टराईको स्वागत र कर्मचारी प्रवन्धक गणेश घिमिरेको संचालनमा सम्पन्न भएको हो ।








































Comments