विद्यार्थीसँग तानसेन मेयर सन्ताेष लाल श्रेष्ठ
पाल्पा- बिहानकाे झण्डै ११ बजेकाे थियाे । साेही क्रममा तानसेनकाे वडा न २ मा रहेको देववाणी सस्कृतिक तथा साधारण माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत करिब ५० जना विद्यार्थीहरू तानसेन नगरपालिकामा आए । शुरूमा विद्यार्थीहरू एक्कासी नगरपालिका किन आए ? भनेर जिज्ञासा पनि लाग्याे । उनिहरू विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप शिक्षण सिकाइ कार्यक्रम अन्तर्गत नगर प्रमुखसँग छलफल र अन्तक्रिर्या गर्नका लागि नगरपालिका आएका थिए । उनिहरूकाे साथमा एक शिक्षक र एक शिक्षिका पनि थिइन । तानसेन नगरपालिकाकाे मिनिहलमा भएको झण्डै १ घण्टकाे छलफल तथा अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले स्थानीय सरकारले के कस्ता गतिविधिहरू गरिरहेकाे छ । तानसेनकाे शिक्षा शाखाले कस्ता काम गरेको छ । तानसेनकाे श्रीनगरडाडामा डढेलाे लाग्दा स्थानीय सरकारले कसरी काम गर्याे लगाएतमा केन्द्रित रहेर प्रश्न राखेका थिए ।
तानसेन वडा न २ मा रहेको देववाणी सास्कृतिक तथा साधारण माविका कक्षा ६ मा पढ्ने विद्यार्थीहरूले नगर प्रमुखसँग गरेका प्रश्न आम नागरिकहरूले गर्ने प्रश्न भन्दा कम थिएन । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले नगर सरकारले गरेका गतिविधिका बारेमा जानकारी लिन पाउन र स्थानीय सरकारकाे काम कर्तव्य र अधिकारका बारेमा जानकारी लिनुले विद्यार्थीकाे थप ज्ञान वृद्धि टेवा पुग्ने अपेक्षा गरिएको देववाणी सस्कृति तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले बताए । विद्यार्थी अभावका कारण झण्डै मर्च हुने अवस्थामा पुगेकाे यस विद्यालयले पछिल्लो समयमा जिल्लामै उत्कृष्ट नतिजा दिदै आएका छ । विद्यालयले विद्यार्थीहरूलाई अध्ययन अध्यापनकाे साथै अतिरिक्त क्रियाकलापमा जाेड दिदै आएकाे प्रअ थापाले बताए ।
विद्यार्थीहरूले गरेका प्रश्नकाे जवाफ दिदै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले हरेक विद्यार्थीले देशमा रेहका तीन तहका सरकारका बारेमा जानकारी लिनुपर्ने बताए । अहिले देशमा ३ तहका सरकार छन । जस्मा संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार रहेका छन । जस्मा तानसेन नगर सरकार स्थानीय सरकार रहेको बताए । तानसेन नगरपालिकाले शिक्षाकाे क्षेत्रमा पर्यटन,स्वास्थ्य,खेलकुद,खानेपानी,कृषि ,आन्तरिक राजस्व वृद्धि लगाएतकाे क्षेत्रमा काम गरेको बताए । तानसेन नगर सरकारले तानसेनमा विगतकाे समय देखि आम तानसेन नगरबासीले भाेग्दै आएकाे खानेपानीकाे समस्यालाई स्थानीय सरकार आएसँगै केही हद सम्म समाधान गर्न सफल भएको बताए । तानसेनमा विशेष गरि बैशाख,जेठ महिनामा १५ दिनमा एक पटक पानी आउथ्याे अहिले त्याे समस्याकाे समाधान भएको बताए । त्यस्तै शिक्षाकाे क्षेत्रमा नगरपालिकाले विद्यार्थीहरूलाई दिवा खाजा कार्यक्रमका लागि सहयोग गर्दै आएको बताए ।
नेपाल सरकार विद्यार्थीकाे दिवा खाजा कार्यक्रमकाे लागि प्रती व्यक्ति १५ रूपैयाँ दिदै आएकाे थियाे । अहिले नगर सरकारले बजार महङ्गीकाे अवस्थालाई मध्ये नगर गरि प्रती व्यक्ति ५ रूपैयाँ थप गरि प्रती व्यक्तिलाई २० रूपैयाँ प्रदान गरेको बताए । नगर सरकारले विद्यालयहरूलाई समायाेजन गरि विग स्कुलकाे अवधारणा अगाडि बढाउने याेजना बनाएकाे बताए । त्यस्तै तानसेन नगरपालिकाले पर्यटकिय स्थल श्रीनगर,रानीमहलबाट आन्तरिक आम्दानी वृद्धि गरिरहेकाे बताए । नगर सरकारले विद्यार्थीहरूका अन्तरनिहित क्षमताकाे प्रस्फुटन गर्न मेयर कप,राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता आयाेजना गरेकाे बताए । तानसेन नगरपालिका ईतिहास बाेकेकाे पुरानाे नगरपालिका रहेकोले तानसेन विकास पर्यटन र कृषिबाट नै सम्भव रहेकोले तानसेनलाई पर्यटकिय गन्तव्य स्थलकाे रूपमा विकास गर्न नगर सरकारले सकारात्मक र रचनात्मक कृयाकलापहरू गरिरहेकाे बताए ।
कार्यक्रम तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले विद्यार्थीहरूले स्थानीय सरकारले गरेका गतिविधिका बारेमा जान्ने चासाे लिएर नगरपालिका सम्म आएकाेमा विद्यार्थीहरूलाई स्वागत गरिन । विद्यार्थीहरूले दिएका सल्लाह सुझावले नगरसरकारले मध्ये नगर गरि विद्यार्थीहरूकाे हितका लागि सकारात्मक र रचनात्मक कार्यक्रम ल्याउने बताइन ।








































Comments