विश्वविद्यालयकाे सिस्टम सुधारकाे माग राख्दै पाल्पामा शान्तिपूर्ण आन्दाेलन
पाल्पा-विश्वविद्यालयकाे सिस्टम सुधारकाे माग राख्दै त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाले शान्तिपूर्ण आन्दाेलन गरेको छ । विद्यार्थी एकता अमर रहाेस,मानिस ब्रेडले हाेइन ब्रेनले संचालित हुन्छ भन्ने नाराका साथ स्थापित स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाले विश्वविद्यालयकाे सिस्टम सुधारकाे माग सहित शान्तिपूर्ण आन्दाेलन गरेको हाे ।
कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्वयु सभापति कृष्ण प्रसाद अर्यालले स्वतन्त्र बिधार्थी युनियन बिश्वबिद्धालय क्याम्पस किर्तिपुरले यहि पुस ११ गतेदेखि त्रि.बि. परीक्षा नियन्त्रण कार्यालय अगाडि परीक्षा नियन्त्रण कार्यालय तथा समग्र बिश्वबिद्धालयकाे सिस्टम सुधारकाे माग गर्दै निरन्तर रूपमा गरिरहेकाे आन्दोलनकाे पुर्ण समर्थनकाे साथ मागहरूमा एक्यवद्धता जनाउदै विश्वविद्यालय सुधारकाे माग गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले दबावमूलक कार्यक्रम सञ्चालन गरेको बताए ।
बिषेश गरि विश्वविद्यालयमा चरम राजनैतिक हस्तक्षेप,दलिय भागवन्डाकाे कारण यसकाे प्राज्ञिक गरिमा माथि ग्रहण लागेकाे छ । देशकै सबैभन्दा जेठाे विश्वविद्यालय त्यसमाथि उच्चशिक्षामा करिब ४ लाख ८७ हजार भन्दा पनि बढि बिधार्थीहरू अध्ययन गर्ने विश्वविद्यालय दलिए भागवन्डाकाे कारण धरापमा परेकाे छ । सेवा आयाेग पदाधिकारि विहिन हुनु,विश्वविद्यालय रजिस्टार विहिन छ । उपकुलपति नियुक्तिमा राजनैतिकरण छ,यसकाे प्रत्यक्ष असर केन्द्रीय क्याम्पस देखि देशैभरका ६२ वटै आङ्गिक क्याम्पसमा परेकाे बताए । विश्वविद्यालयकाे तथ्यांक हेर्ने हाे भने आज ३५ प्रतिशत प्रध्यापकहरूकाे अभाव,३२ प्रतिशत प्रशासनिक कर्मचारीकाे अभाव देखिन्छ तर पनि सेवा आयाेग माैन छ । शैक्षिकसत्र सुरू भएकाे १८ महिनामा पनि परीक्षा हुदैन,परीक्षा हुन्छ प्रश्न पत्र दाेहाेरिन्छ ,रिजल्ट समयमानै आउदैन ,शैक्षिक प्रमाण लिनकाे लागि उस्तै समस्या रहेकाले यसकाे अन्त्यकाे लागि आम बिधार्थी संगठन,स्व.बि.यु.प्रध्यापक ,कर्मचारीहरू,बुद्धिजीवी ,पत्रकार र आम नागरिक समाज एकपटक जाग्ने बेला आएकाे बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पसका ईकाइ सभापति पुण्य प्रसाद सुवेदी ,अखिल क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पसका इकाई अध्यक्ष मिलन राज घर्ती मगर मन्तव्य राखेका थिए । कार्यक्रम स्वयू सचिव तारा बहादुर रायमाझीकाे सञ्चालन र स्वयू काेषाध्यक्ष पाेखरेलकाे धन्यवादमा समापन भएको थियाे ।








































Comments