विश्व संगीत दिवस २०२५ पाल्पामा भव्य रुपमा सम्पन्न

पाल्पा– विश्व संगीत दिवस २०२५ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति पाल्पा र तानसेन नगरपालिका वडा नं. ७ प्रभासको संयुक्त आयोजनामा कमल पोखरी प्रभास क्षेत्र धार्मिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमभव्य रूपमा सम्पन्न भएको छ । 

 

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापा प्रमुख अतिथि रहनु भएको थियो । उहाले संगीत भनेको केवल मनोरञ्जनको माध्यम मात्र नभई , हाम्रो संस्कृति, हाम्रो इतिहास र हाम्रो पहिचानकेा  संवाहक रहेकेा बताउनुभयेा । उहाले भन्नुभयेा ,लोकगीत र दोहोरी हाम्रो मौलिकता हो — जसमा हाम्रा जीवनका कथा, दुःख–सुख, रहर–आशा, रीतिरिवाज र संस्कारहरू बोल्छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सधैं लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा क्रियाशील रहँदै आएको बताउनुभयेा ।

 

 

 कार्यक्रम लेाक तथा देाहेारी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, तानसेन नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रदिप खनाल, वडा सदस्य सुशील खनाल,प्रतिष्ठानका सदस्य, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने तानसेन नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रदिप खनाल, वडा सदस्य सुशील खनाल लगायत सम्पूर्ण जनप्रतिनिधिहरूप्रति आयोजक संस्था आभार व्यक्त गरेका छन ।

 

कार्यक्रम संयोजनमा प्रतिष्ठानका कोषाध्यक्ष रामकृष्ण थापा, सदस्य पवन बस्याल, उपाध्यक्ष रुपेश बार्की, कलाकार विन्दु निहारिकाविष्णु पन्तनिरु सुनारममता कोइराला, सल्लाहकार जय प्रकाश उप्रेतीअनिता आचार्यबबिता विष्टविजय बम्डेलभरत खड्गीबलबहादुर उचैश्रीकृष्ण थापागोविन्द थापा, संगीत संयोजनमा खिम थापाखेम गोपालपुरज गाहालगायत अन्य सदस्यहरूको समेत उल्लेखनीय सहभागिता  रहेको थियो । कार्यक्रमले पाल्पा जिल्लाको सांस्कृतिक धरोहर प्रवर्द्धनमा थप टेवा पुग्ने राष्ट्रिय लेाक तथा देाहेारी गीत प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराईले बताउनुभयेा । 

Comments