वशं गाेपाल पार्क सरसफाइमा महिला सामुदायिक बन उपभोक्ता समितिकाे सकृयता
पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न ७ मा रहेको वशंगाेपाल पार्क पछिल्लो समयमा आन्तरिक पर्यटककाे राेजाई बनिरहेको छ । बिशेष गरि पार्कमा मानिसहरू पिकनिक खान,गुम्नका लागि टाढा टाढाबाट आउने गर्दछन । तानसेन बुटवल सडक खण्डबाट ५ मिनेटमा पुग्न सकिने उक्त पार्क रमणीय छ । पार्कबाट प्रभास ताल,प्रभास बजार,बासटारी,तानसेन बजार लगाएतका क्षेत्रकाे अवलोकन गर्न पाउने भएकाले नै याे पार्क आन्तरिक पर्यटकहरूकाे राेजाई बनिरहेको छ ।
स्थानीय रमेश न्याैपानेका अनुसार पार्कमा बनभाेज खान,गुम्न आउने पर्यटनकहरूकाे आगमन भइरहेको बताउनुभयो । पार्कमा अवस्थित मन्दिरमा विवाह लगाएत शुभकामना कार्य गर्न समेत मानिसहरूकाे आगमन हुने गरेको बताउनुभयो ।
वशं गाेपाल महिला सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धन कला गाहाले समितिले प्रत्येक बर्ष पार्ककाे सरसफाइ गर्दै आएकाे बताउनुभयो । पार्कमा याे बर्ष साैचालय,गाेलघर निर्माण लगाएतका काम गरिने बताउनुभयो । समितिले पार्ककाे संरक्षण,सरसफाईमा जाेड दिदै आएकाे बताउनुभयो ।
तानसेन वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालले पार्कलाई पर्यटकिय गन्तव्य स्थलकाे रूपमा विकास गर्न लागि परेको बताउनुभयो । प्रभास ताल,बशं गाेपाल पार्क लगाएत प्रभास क्षेत्रलाई एकत्रित गरि याेजनाका साथ पर्यटकिय गन्तव्य स्थलकाे रूपमा विकास गर्न वडा कार्यालयले प्रयास गरिरहेकाे बताउनुभयो । तानसेन बुटवल सडक खण्डबाट नजिकै रहेको र पछिल्लो समयमा आन्तरिक पर्यटनकाे राेजाइ बनिरहेकाले पार्ककाे भाैतिक पुर्वाधार निर्माण गर्न लागि परेको बताउनुभयो ।








































Comments