विपतमा नेपाली काङ्ग्रेस पाल्पा
पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका वडा नं ७ पालुङ्ग निवासी ६१ वर्षीय टेक बहादुर सरतुङ्गेको जंगलमा लागेको आगो निभाउने क्रममा असमायिक निधन भएको थियाे । यसैबिच उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठको विशेष उपस्थितिमा समाजसेवी डा. माधव थापाद्वारा स्व. सरतुङ्गेको परिवारलाई राहतस्वरुप नगद रु १०,००० (दश हजार) प्रदान गर्नु भएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, गाउँका बुद्धिजीवी, समाजसेवीहरू सहभागी रहेको थियाे ।
सहयोग रकम हस्तान्तरण गर्दै नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले जंगलको आगो निभाउने जस्तो जोखिमपूर्ण काममा आफ्नो ज्यानको पर्वाह नगरी सहभागिता जनाउनु स्व. सरतुङ्गेको समाजप्रतिको जिम्मेवारीबोध र सेवा भावनाको उदाहरणभएको बताउनुभयाे । उहाँको योगदान हामी सबैका लागि प्रेरणादायी रहनेछ,” श्रेष्ठले भन्नुभयाे “उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई यो कठिन घडीमा भगवाले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु, उहाले बताउनुभयो ।
कार्यक्रममा समाजसेवी एवम नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सदस्य डा. माधव थापाले शोकसन्तप्त परिवारको पीडामा मलम लगाउने सानो प्रयासस्वरूप आर्थिक सहयोग गरेको बताउनुभयो । उहाले दुखद घडीमा पीडित परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने मेरो भावनाका साथ सहयोग गरेको बताउनुभयो । स्थानिय वासिन्दा र आफन्तजनले स्व. सरतुङ्गेको निधनमा गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका छन् । यस प्रकारको सहयोग र सद्भावले पीडित परिवारलाई केही मात्रामा राहत मिल्ने र समाजमा सकारात्मक सन्देश फैलिने विश्वास गरिएको नेपाली काङ्ग्रेसका नेता सुजन कार्कीले बताउनुभयाे ।








































Comments