विपि स्मृति दिवसकाे अवसरमा वृक्षारोपण
पाल्पा । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली काङ्ग्रेसका संस्थापक सभापति, नेपाली र हिन्दी भाषाका साहित्यकार एवं नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका व्यक्तित्व महामानव स्व. विपि कोईरालाको ४२ ओैँ स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस रिब्दिकोट गाउँपालिका वडा नं. ४ वडा कार्यसमितिको आयोजनामा पाल्पाको पर्यटकीय क्षेत्र भैरवस्थान क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
वृक्षारोपण कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले नेपालमा प्रजातन्त्र स्थापनाका पर्यायवाची महामानव विपि कोइरालाको सिद्धान्तहरु स्मरण गर्दै श्रद्धासुमन व्यक्त गरेका थिए । उनले जैविक विविधता र वातावरण संरक्षणको लागि वृक्षारोपण र वृक्षको संरक्षण अपरिहार्य रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका काङ्ग्रेस पाल्पाका सभापति श्रेष्ठले नेपाली काङ्ग्रेसले विपिले लिएकाे बाटाेमा हिड्नु बाहेक अर्काे विकल्प नरहेको बताए । साेहि अनुरूप पाटीका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिले विपिका सिद्धान्तलाई आत्मसाथ गरि लाग्नुपर्ने बताउनुभयाे । विपि स्मृति दिवसले विपिले प्रतिपादन गरेको सिद्धान्तमा लाग्न प्रेरणा मिलाेस भनी शुभकामना व्यक्त गर्नुभयाे ।
सभापति श्रेष्ठले नेपाली काङ्ग्रेस कुनै एउटा मिसनकाे लागि जन्मिएकाे पाटी नरहेको बताए । नेपाली काङ्ग्रेस पाटीले समाजमा देखिएकाे गरिबि,अशिक्षित,असामानता हटाउने पाटी रहेको बताए । साथै काङ्ग्रेसले नयाँ युवाहरूलाई पाटीमा अग्रसर बनाउन वैचारिक बहसकाे प्रारम्भ गर्नुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्थ,लुम्बिनी प्रदेश सदस्य महेन्द्र पाण्डेय,नेपाली काङ्ग्रेसका उपसभापति झपेन्द्र गैरे,पाटी सचिव सन्तोष थापा मगर,पाटी काेषाध्यक्ष माेहन प्रसाद श्रेष्ठ,महासमिति सदस्यहरू,महाधिवेशन प्रतिनिधि,जिल्ला सदस्यहरू,क्षेत्र न २ का क्षेत्रीय सभापति मुक्तिराम जिसीकाे उपस्थिति रहेको थियाे । कार्यक्रम नेपाली काङ्ग्रेस रिब्दिकोट ४ का सभापति कमलराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियाे ।








































Comments