वडास्तरीय पुरुष भलिबल प्रतियोगिता छनोट खेलमा बल्डेङगढी प्रथम
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा सन्चालन भएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिता छनोट खेलमा वडा नम्बर ७ बल्डेङगढी प्रथम भएको छ ।कटौजेपानी खेल मैदानमा दुइदिन सम्म चलेको खेलमा वडा नम्बर ८ सत्यवतीलाई सोजो सेटमा पराजित गरेर बल्डेङगढी प्रथम भएको थियो । छनोट खेलमा वडा नम्बर ७ बल्डेङगढी संग पराजित भएको सत्यवतीको टिम दोस्रो स्थान हात पार्न सफल भएको छ ।प्रतियोगितामा वडा नम्बर ५ मुझुङलाई पराजित गरेर वडा नम्बर ४ छहरा तेस्रो स्थान हात पार्ये भने वडा नम्बर ५ मुझुङ चौथौ स्थानमा पर्न सफल भएको थियो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदूभन्ने नाराका साथ जिल्ला सन्चालन भएको चौथो वडा स्तरीय छनोट खेल प्रतियोगिता गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले प्रथम द्वितीय ,तृतीय र सान्त्वना स्थान प्राप्त गरेका खेलाडी र खेल संयोजकलाई क्रमस २० हजार १५ हजार १० हजार र ५ हजार मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । रैनादेवी छहरालाई चिनाउन र अन्य पालिका संगको सम्बन्ध बिस्तार गर्न पनि रैनादेवी छहराले १० पालिकाको उपस्थीतमा अन्तर पालिका स्तरीय खेल सन्चालन गर्नको लागी वडा स्तर बाट खेलाडी छनोट गरेको युवा तथा खेलकुद विकास समिति,रैनादेबी छहरा गाउँपालिका संयोजक नारायण कार्कीले बताउनु भयो ।
कार्यक्रममा उपाध्यक्ष युवराज थापा,प्रबक्ता देवेन्द्र पुन प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सेना गाउँपालिकाका बिभिन्न साखाका साखा प्रमुख वडा अध्यक्ष कार्यपालिका सदस्य तथा खेल संग चासो राख्ने ब्याक्तीहरुको बाक्लो उपस्थीतमा खेल सम्पन्न भएको थियो ।कार्यक्रमको सन्चालन स्वास्थ्य साखा प्रमुख जिवन रानाले गर्नु भएको थियो ।








































Comments