वि पि कोइरालाको स्मृतिमा काँग्रेस पाल्पाद्वारा वृक्षारोपण र अन्तक्र्रिया कार्यक्रम सम्पन्न
पाल्पा — नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बि पि कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस पाल्पाले जिल्लाभर वृक्षारोपण तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । काँग्रेसले जिल्लाका सबै १० वटा स्थानीय तहहरूमा समन्वय गर्दै कार्यक्रमहरु सञ्चालन गरेको हो ।
कार्यक्रमहरूमा पार्टीका सबै तहका नेता, भातृ संगठन, शुभेच्छुक संस्था र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जो जहाँ छन्, त्यहीँबाट सहभागिता जनाउन आग्रह गर्नुभएको थियो । पाल्पाको तानसेन नगरपालिका–१० स्थित तेल्घाको भारकेसडाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम नेपाली काँग्रेस तानसेन वडा कार्यालयको व्यवस्थापनमा तथा जिल्ला उपसभापति झपेन्द्र गहिरेको उपस्थितिमा सम्पन्न भएको हो । उहाले जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै वातावरण संरक्षणका लागि वृक्षारोपण प्राथमिकतामा राखिएको बताउनुभयो ।
यस्तै, रैनादेवी छहराको धजा बान्ने क्षेत्रमा स्थानीय सभापति विष्णु पोखरेल तथा गाउँपालिका अध्यक्ष रूकमागत भट्टराईको उपस्थितिमा वृक्षारोपण गरिएको छ । तिनाउ गाउँपालिकाको भूमाको खुरखुरे पार्कमा प्रेम पाण्डेय र महेन्द्र पाण्डेयको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । रम्भा गाउँपालिका–१ हुगी खेलमैदानमा ऋषिराम अर्याल र विष्णु पछाईको सहभागितामा वृक्षारोपण तथा अन्तक्र्रिया कार्यक्रम गरिएको प्रवक्ता शोभाकर न्यौपानेले जानकारी दिनुभयो । यसैगरी माथागढी गाउँपालिकाले एस।ई।ई।मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरेको छ । भडेवामा आयोजित कार्यक्रममा नेता भुवन सिंह र बालकृष्ण जिसीको उपस्थिति रहेको थियो । रिब्दिकोट गाउँपालिकामा नेपाली काँग्रेसले भैरव मन्दिर परिसरमा वृक्षसंरक्षण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा काँग्रेस उपसभापति चन्द्रमणि पोखरेल, महासमिति सदस्य राजेन्द्र गोपाल सिंह तथा डा। माधव थापाको सहभागिता रहेको थियो । बगनासकाली गाउँपालिकाले बिरामीहरूलाई फलफूल वितरण गर्दै स्मृति दिवस मनाएको छ । सो कार्यक्रममा पालिका सभापति थानेश्वर तिमिल्सिना र पूर्व पाटी सचिव अजय कर्माचार्यको उपस्थिति थियो । रामपुर नगरपालिकामा नगरसभापति नेत्र भट्टराईको संयोजनमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काँग्रेस उपसभापति ज्ञानबहादुर गाहा, लुम्बिनी प्रदेश सदस्य कृष्ण अधिकारी, मेयर रमण थापाको उपस्थिति थियो । त्यस्तै, निस्दी गाउँपालिकाको बाकामलाङ र पूर्वखोला गाउँपालिकामा फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रत्येक वर्ष साउन ६ गते वि पि कोइरालाको स्मृति दिवस मनाउने चलन रहँदै आएको छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरी राणाविरोधी क्रान्तिको नेतृत्व गरेका वि पि २००७ सालको क्रान्तिका शीर्ष नेता थिए । उनले नेतृत्व गरेको क्रान्तिबाट १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । वि पि कोइरालाको नेतृत्वमा २०१५ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरी उनी देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनको कार्यकालमा बिर्ता उन्मूलन, वनको राष्ट्रियकरण, भूमिसुधार तथा कर प्रणालीमा सुधार जस्ता ऐतिहासिक कदमहरू उठाइएको थियो । वि पिको प्रतिपादन गरेको ‘मेलमिलापको नीति’ अझै सान्दर्भिक रहेको स्मरण गर्दै स्मृति दिवसमा सहभागी नेताहरूले उनको आदर्श र योगदानप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।








































Comments