देवदह र माथागढी सिमा क्षेत्र गिद्धे भिरमा टिप्पर दुर्घटना २ को मृत्यु २ घाइते
रुपन्देहीको देवदह नगरपालिका-६, खैरेनी र माथागढी गाउँपालिका-५ हात्तिलुङ, पाल्पाको सिमा क्षेत्र गिद्धे भिरमा हिजो करिब साँझ ६ बजेको समयमा लु.२ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने चालक सहित २ जना घाइते भएका छन। उक्त टिप्पर दुर्घटना क्षेत्रबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको थियो। मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नं.-४, झडेवा २ वर्षका प्रशला सारु र ३५ वर्षकी भिमा सारु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेहरूमा चालक देवदह नगरपालिकाका वर्ष २५ का सुक बहादुर बारघरे र माथागढी- ४, झडेवा यात्रु वर्ष २२ की सिर्जना सारु रहेको बताइएको छ। घाइतेहरुको देवदह मेडिकल कलेज भलुही उपचाररत रहेको खैरेनी प्रहरी चौकी स्रोतले जनाएको छ। उक्त टिप्परले पाल्पा सिमेन्टको चुनढुँगा पुर्याएर ब्याक लोडको रूपमा बालुवा लिई फर्किने क्रममा विपरीत दिशाबाट आएको टिप्परलाई साइड दिने बेलामा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुवै टिप्परले पाल्पा सिमेन्टको चुनढुँगा रहवासको खानीबाट बोकेका थिए।








































Comments