देउराली सामुदायिक बिकास सहकारीको वार्षिक साधारणसभा तथा भवन उद्घाटन

होम राई मगर

पाल्पा / २७ फागुन । देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निस्दी-६,अर्चले,पाल्पाको १७ औं वार्षिक साधारणसभा तथा नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

 

संस्थाका अध्यक्ष टेक बहादुर सोमैको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य रहनुभएको थियो । कार्यक्रममा बोल्नुहुदै सांसद आचार्यले सहकारीले समूहमा काम गर्न एक आपसमा सहकार्य गर्न सिकाएको बताउनुभयो ।उहाँले निस्दीको गौरवको योजना अन्तर्गत केम खाम्चा मार्ग भएको र उक्त योजना निर्धारित समयमै सम्पन्न गर्न आफ्नो जोड रहने बताउनु भयो । निस्दीमा भए गरेका बिकासका गतिविधिहरु आफुले नजिक बाट नियालेको र प्रत्यक्ष जनतासंग जोडिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले संस्थाले आफ्नै भवन तयार गर्नुलाई उपलब्ध भएको बताउनु हुँदै संस्थालाई एक घर एक सदस्य बनाउन सुझाव दिनुभएको थियो । उपाध्यक्ष श्रेष्ठले स्थानीय जनताले उत्पादन गरेका कृषि सामाग्रीहरुको बिक्रि बितरणमा सहजीकरण गर्न सहकारी लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा सहकारी अभियान्त देबीलाल लामीछाने,वडा नम्बर-६,अर्चले वडा अध्यक्ष मेख बहादुर सुनारी,गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका सहायक प्रधानाध्यापक लाल बहादुर बयम्बु लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सोमैले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदनका साथै आगामी वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्य ७७९ र बचतकर्ता ३४२ रहेकोउक्त संस्थाका कोषाध्यक्ष सिर्जना खण्डलुले ५ करोड ३७ लाख २४ हजार बराबरको आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी व्यवस्थापक अर्जुन बयम्बुले आगामी वर्षका लागि प्रस्तावित योजना राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट राष्ट्रसेवक कर्मचारीको रुपमा गोरखनाथ माविका शिक्षिका विष्णु राना र अर्चले स्वास्थ्य चौकीका इन्चार्ज विद्यानन्द रायलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बचतकर्ता,उत्कृष्ट उद्देमी,जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मानका साथै विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप कापी,कलम र झोला प्रदान गरिएको थियो ।

 

संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन सचिव होम राई मगरले गर्नुभएको हो ।

Comments