दोस्रो तानसेन महोत्सवको तयारी पूरा

पाल्पा- शुक्रबारदेखि सुरु हुने दोस्रो तानसेन महोत्सवको तयारी पूरा भएको छ । आयोजक पाल्पा व्यापार संघले तानसेनमा पत्रकार सम्मेलन गरेर मेलाको तयारी पूरा भएको जनाएको हो। मेलामार्फत तानसेनसहित समय जिल्लाको पर्यटन, व्यापार, रोजगारी, कृषि, उद्योगको विकास र विस्तारमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्य रहेको पालपा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्कीले बताए । पछिल्लो समय खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउन स्थानीय सरकार र व्यवसायीसंगको सहकार्यमा सुरु हुन लागेको महोत्सवमा आर्कषकको रुपमा पहिलो पटक फिस टनेल औद्योगिक वस्तु तथा सेवाहरुको प्रर्दशनी, लघु उद्यमी तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्ने कार्यकम, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र प्रवंद्रन गर्ने, स्थानीय भाषा, कला सांस्कृति, धार्मिक मूल्य मान्यताहरुको संरक्षण तथा स्थानीय प्रविधि र उत्पादनलाई प्रोत्साहन गर्ने किसिमको कियाकलापहरु हुने अध्यक्ष कार्कीले बताए।

 

महोत्सवमा विशेष प्रर्दशनी अन्तंगत कृषि तथा पशुपक्षी, स्थानीय उत्पादनको प्रर्दशनी विभिन्न टोल विकास संस्था विद्यालय, विभिन्न संघसस्थालगायतको झांकी याली प्रर्दशन गरिने बताइएको छ । महोत्सव उद्घाटनका दिन निकालिएको झाँकी ¥यालीबाट उत्कृष्ट हुनेलाई पुरस्कार स्वरुप प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वनालाई ५ हजार तथा सम्पूर्ण सहभागी समूहलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिने व्यापार संघका महासचिव तुल बहादुर अधिकारीले बताए। 

 

महोत्सवमा तानसेन डान्स आइडल २०८१÷०८२ को आयोजना गरिएको छ । जसमा पहिलो हुनेले ४५ हजार ५ सय ५५, दोस्रो हुनेले ३० हजार ५ सय ५५ र तेस्रो हुनेले २० हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्थै विद्यालय स्तरीय नृत्य प्रतियोतिता पनि रहनेछ उक्त प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार ५ सउ ५५, दोस्रो हुनेले १० हजार ५ सय ५५ र तेस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाण पत्र र पुरस्कार प्राप्त गर्ने बताइएको छ । महोत्सवमा दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ । यस्तै कृषि, उत्पादन, लघु तथा घरेलु प्रर्दशनी, शैक्षिक सामाग्री प्रर्दशनी, बैङ्क तथा वित्तियसंस्था, सूचना प्रविधी, अटोमोबाइल, स्वास्थ, पर्यटन तथा अन्य स्वदेशी उत्पादन र बालउद्यान साथै होटल तथा रेष्टुरेन्टकालगायतका तीन सय बढी स्टल रहेका छन् । महोत्सवको समयमा करिब ५ लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने र यस अवधीमा करिब ८ करोड भन्दा माथीको कारोबार हुने अनुमान गरेको आयोजकले जनाएको छ । महोत्सव प्रवेशका लागि साधारण टिकटको मूल्य ७५ रुपैयाँ र विद्यार्थी सहुलियत टिकटको मूल्य ५० रुपैयाँ रहेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रवेश निः शुल्क गरिएको छ । २०८२ वैशाख ३ गतेसम्म तानसेन टुंडिखेलमा सञ्चालन हुने महोत्सवको व्यवस्थापनको पक्ष एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रा.लि. चितवनले गर्नेछ भने, महोत्सवको मुख्य आयोजक तानसेन नगरपालिका रहेको छ।

Comments