दाेस्राे न्यु युथ युनियन कपकाे उपाधि फर्साटिकट रूपन्देहीलाई

पाल्पा-तानसेनमा जारी दाेस्राे युथ युनियन कपकाे उपाधि फर्साटिकट रूपन्देहीले हात पारेकाे छ । शनिबार तानसेनकाे टुंडिखेल मैदानमा भएकाे फाइनल खेलमा फर्साटिकटले राइजिङ् क्लब पाल्पालाई २-१ गाेलले हराएर उपाधि हात परेकाे हाे । विजयी समूहले १ लाख नगद सहित पुरस्कार पाएकाे छ ।

 

प्रतियाेगितामा उप विजेता पाल्पाले रूपैयाँ ५० हजार,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । प्रतियाेगिता समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ रहेका थिए । नगर प्रमुख श्रेष्ठले पछिल्लो समयमा तानसेनमा भएका यस्ता प्रतियाेगितात्मक खेलले तानसेनकाे खेल पर्यटनकाे क्षेत्रमा नयाँ आयामहरू सिर्जना भइरहेको बताए । क्लबले आगामी दिनमा यस्ता प्रतियाेगितात्मक कार्यक्रम आयाेजना गर्न सुझाव दिदै नगर सरकारले गर्नुपर्ने सहयोग गर्ने बताए । 

 

कार्यक्रममा तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन,वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल,तानसेन वडा न १२ का वडा अध्यक्ष मेजर सिङ् केसी,पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीर जङ्ग राणा लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम न्यु युथ युनियन ब्लब तानसेन पाल्पाका अध्यक्ष मनाेज लिगलकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments