दोस्रो माडी महोत्सवमा मंसिर २१ गते गायक श्याम राना आउदै
पाल्पाकाे माथागढी गाउँपालिका वडा न ३ सराईमा दाेस्त्राे माडी साँस्कृतिक,पर्यटन कृषि तथा व्यापार महाेत्सवमा मंसिर २१ गते लाेक गायक श्याम राना आउने भएका छन । गायक राना पछिल्लो समयमा चर्चित गायक हुन । महाेत्सव सराई युवा क्लब सराई पाल्पाको आयाेजना,माथागढी गाउँपालिका वडा न ३ काे कार्यालय कसेनी सराई पाल्पाको सह आयाेजना,माथागढी गाउँपालिकाकाे संरक्षक तथा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा लि बुटवल ७ रूपन्देहीकाे व्यवस्थापनमा भइरहेको छ । मेला मंसिर ९ गतेदेखि २३ गते सम्म सञ्चालन हुनेछ ।
महाेत्सवमा गायिका मन्जु भट्टराई,हास्य कलाकार पुरूषाेत्तम भण्डारी,गायिका यशाेदा कार्की,गायिका सिमा शारू,प्रशन्न एण्ड प्रतिक्षा ब्याड,र एलिसा डान्स काठमाडौ, गायक / उद्घाेषक रूपेश कार्की लगाएतकाे बेजाेड प्रस्तुति रहने सास्कृतिक संयाेजक राजन बरालले जानकारी दिनुभयाे । साथमा साहारा कला केन्द्रकाे प्रस्तुति रहनेछ ।
महाेत्सवकाे माध्यमबाट यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुकाे प्रचार प्रसार,विभिन्न जातजाति तथा भाषाभाषीकाे कला सस्कृति संरक्षण गर्दै आपसी सद्भाव कायम गर्न,युवा परिचालन तथा स्वयमसेबी भावनाकाे विकास गर्न,क्लबकाे विकास र काेषकाे स्थापना गर्न,लगानीकर्ताकाे भावना सकारात्मक बनाउदै माडी क्षेत्रकाे विभिन्न तरबबाट सम्भावनायुक्त स्थान हाे भन्ने बनाउन महाेत्सवकाे आयाेजना गरिएको सराई युवा क्लबका अध्यक्ष खाेम बहादुर गाहाले बताउनुभयो । महाेत्सवमा कृषि,पशु,घरेलु उधाेगबाट उत्पादित बस्तुकाे निशुल्क स्टल राख्ने व्यवस्था सहित लघु सङ्ग्रालय,माडीमा उत्पादन हुने धान,विभिन्न जातजाति भेषभुषा प्रदर्शनी महाेत्सवमा राखिएको अध्यक्ष गाहाले बताउनुभयो ।








































Comments