दुर्घटनामा मृत्यु भएका ढकालकाे परिवारलाई एन आई सी एसिया बैंकले बीमा बापतको १० लाख रकम हस्तान्तरण

पाल्पा-‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले दुर्घटनामा मृत्यु भएका पाल्पाको रिब्दीकाेट घर भएका बिष्णु प्रसाद ढकालकाे परिवारलाई १० लाख हस्तान्तरण गरेको छ । वैकले लागु गरेको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाउनु भएका स्वर्गीय बिष्णु प्रसाद ढकालकाे परिवारलाई दुर्घटना बीमा वापतको रकम उपलब्ध गराएको हो ।

 

वैंकको रिब्दीकाेट हार्थाेक  शाखा कार्यालयमा सर्वश्रेष्ठ रिब्दिकाेट बचत खाता खोल्नु भएका मृतक ढकालको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम निजको श्रीमती गाेमा ढकाललाई बैंकका पाल्पा शाखा प्रमुख हरिकृष्ण शर्मा,बैंककाे रिब्दीकाेट शाखा प्रमुख जसुदा ज्ञवाली,बैंकका पाल्पा शाखाका कर्जा बिभागका महेश खनाल,सुमन बस्याल ,बैंकका रिब्दीकाेट शाखाका कर्मचारीहरू सपना कार्की,रविना गाेदारले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । त्यस्तै बैंकले रिब्दीकाेट गाउँपालिका वडा न ३ मा अवस्थित लक्ष्मी माध्यमिक विद्यालयमा अध्यापन गराउने एक शिक्षकलाई पनि बिमा रकम हस्तान्तरण गरेको छ । बैंकले मंगलबार विद्यालयमा नै पुगी शिक्षक अमर बहादुर कार्कीलाई रूपैयाँ ८० हजारकाे चेक हस्तान्तरण गरिएको हाे । अमर बहादुर कार्की लक्ष्मी माध्यमिक विद्यालयका एक शिक्षक हुन । लक्ष्मी माध्यमिक विद्यालयले विद्यालयका सम्पूर्ण शिक्षक तथा शिक्षिकाहरूकाे एन आई सि एसिया बैंकमा सर्वश्रेष्ठ तलब बचत खाता सञ्चालनमा ल्याएकाे छ । विद्यालयमा प्रत्येक शिक्षकले उक्त बचत खाता मार्फत करिब २१ लाखकाे बिमा सुविधा पाउने व्यवस्था रहेकाे बैंककाे रिब्दीकाेट शाखा प्रमुख जसुदा ज्ञवालीले बताइन । जसमा १० लाख बराबरको दुर्घटना बिमा,१० लाख बराबरकै घातक राेगकाे बिमा र १ लाख बराबरको औंषधी उपचार खर्च पाउने बिमामा सुविधा रहेको बताइन । यसै बिमामा आवद्व हुनुभएका शिक्षक अमर बहादुर कार्कीकाे माेटरबाइक दुर्घटनामा परि खुट्टा फ्याक्चर भएका कारण बैंकले उहाकाे सम्पूर्ण रिपोर्ट पेशका आधारमा रकम हस्तान्तरण गरेको बताइन ।

 

एन आई सि एसिया बैंक पाल्पा शाखा प्रमुख हरिकृष्ण शर्माले बैंकले बैंकिङ्ग काराेबारसँगै सामाजिक उत्तरदायित्वकाे काम पनि गरिरहेकाे बताए । एन आई सि एसिया, बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बताए । बैंकले सामाजिक उत्तरदायित्व अनुरूप लक्ष्मी माध्यमिक विद्यालयका लागि आवश्यक सफ्टवेयर प्रदान गरेको बताए ।  त्यस्तै साेही विद्यालयमा अध्ययनरत छात्राकाे लागि एक बर्ष सम्मकाे शैक्षिक खर्च पनि बैंकले व्यहाेर्ने गरि व्यवस्था गरेकोले पनि एन आई सि एसिया बैंक नागरिकहरूकाे साथी रहेको बताए । बिमा वापतकाे रकम प्राप्त हुदा दुर्घटना पर्नु भएका शिक्षक अमर बहादुर कार्की र टिप्पर दुर्घटनामा परि मृत्युभरण गरेका स्वर्गीय बिष्णु प्रसाद ढकालकाे परिवार धेरै राहत मिलेको महसुस बैंकले गरेको बताए । 

 

टिप्पर दुर्घटनामा परि मृत्यु भएका स्वर्गीय बिष्णु प्रसाद ढकालकी श्रीमती गाेमा ढकालले बैंकले बिमा वापतकाे रकम प्रदान गर्दा धेरै राहत मिलेको बताइन । घरमा आम्दानी गर्ने श्रीमान हुनुहुन्थ्यो । उहाँकाे अकस्मात दुर्घटनामा परि मृत्युु भयाे । घरमा आम्दानी गर्ने श्रीमानकाे मृत्यु भए पछि परिवारमा ठुलाे संकट आएकाे थियाे । अहिले बैंकबाट बिमा रकम पाउदा छाेरा छाेरीकाे शिक्षा दिक्षाका लागि ठुलाे राहत मिलेको बताइन । 

 

एन आई सी एशिया बैंकले नेपालभर ३६० शाखा, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर र ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको वैकले जनाएको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको बैकको दावी छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्ययाउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना काल देखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा मात्र ३ अर्ब ६१ करोड भन्दा बढी राजश्व सरकारलाई बुझाएको बैंकको भनाइ छ ।

 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आएको बैकले जनाएको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी जनसख्या बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरि संचालन गरिरहेको एनआइसी एसिया वैकको भनाई छ ।

Comments