२ दिन थपियाे दोस्रो माडी सांस्कृतिक कृषि, पर्यटन तथा ब्यापारिक महोत्सव

पाल्पाकाे माथागढी गाउँपालिका वडा न ३ सराईमा दाेस्त्राे माडी साँस्कृतिक,पर्यटन कृषि तथा व्यापार महाेत्सव २ दिन थपिएको छ । महाेत्सव मंसिर २३ गते सम्म हुनेछ ।

 

 महाेत्सव सराई युवा क्लब सराई पाल्पाको आयाेजना,माथागढी गाउँपालिका वडा न ३ काे कार्यालय कसेनी सराई पाल्पाको सह आयाेजना,माथागढी गाउँपालिकाकाे संरक्षक तथा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा लि बुटवल ७ रूपन्देहीकाे व्यवस्थापनमा भइरहेको छ । मेला मंसिर ९ गतेदेखि २३ गते सम्म सञ्चालन हुनेछ । 

 

महाेत्सवमा दैनिक रूपमा राष्ट्रिय एवम स्थानीय कलाकारले बेजाेड प्रस्तुति दिइरहेका छन । महाेत्सवकाे माध्यमबाट यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुकाे प्रचार प्रसार,विभिन्न जातजाति तथा भाषाभाषीकाे कला सस्कृति संरक्षण गर्दै आपसी सद्भाव कायम गर्न,युवा परिचालन तथा स्वयमसेबी भावनाकाे विकास गर्न,क्लबकाे विकास र काेषकाे स्थापना गर्न,लगानीकर्ताकाे भावना सकारात्मक बनाउदै माडी क्षेत्रकाे विभिन्न तरबबाट सम्भावनायुक्त स्थान हाे भन्ने बनाउन महाेत्सवकाे आयाेजना गर्न लागिएको सराई युवा क्लबका अध्यक्ष खाेम बहादुर गाहाले बताउनुभयो । महाेत्सवमा कृषि,पशु,घरेलु उधाेगबाट उत्पादित बस्तुकाे निशुल्क स्टल राख्ने व्यवस्था सहित लघु सङ्ग्रालय,माडीमा उत्पादन हुने धान,विभिन्न जातजाति भेषभुषा प्रदर्शनी महाेत्सवमा राखिएको अध्यक्ष गाहाले बताउनुभयो ।

Comments