दमकडा ब्रदर्शलाई तेस्रो न्यु युथ युनियन कपको उपाधि

तानसेन । संघर्षपुर्ण जित हात पार्दै यहाँ सम्पन्न तेस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि दमकडा ब्रदर्श फुटबल क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा दमकडाले भगवती युवा क्लबलाई सडन डेथमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । टुंडिखेल मैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा दमकडा ६–५ ले विजयी बन्यो ।

 

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता दमकडाले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता भगवतीले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो  । कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले बिजयी हुने खेलाडीलाई बधाई दिदै आगामी दिनमा क्लबसँग सहकार्य गरि यस्ता कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । क्लब स्तबाट आयोजना हुने यस्ता प्रतियायोगिताले तानसेनको खेल क्षेत्रमा महोत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो  । कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी,जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवन कुमार भट्टराई,तानसेन नगरपालिका वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,पाल्पा जिल्ला फुटवल संघका अध्यक्ष प्रणय विर जङ राणा लगाएतको उपस्थिति रहेको थियो । 

 

दमकडाका अनुज गैरे फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उत्कृष्ट गोलरक्षक पनि दमकडा कै सुजन सिङ्जाली चुनिदा उत्कृष्ट डिफेन्डर भगवतीका सुमित मल्लाह बने । उदीयमान खेलाडी पाल्पा फुटबल एकेडेमीका लेम बहादुर दर्लामी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार भगवतीका सुरज चौधरीले हात पारे । प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी भने दमकडाका कप्तान आशिष राना घोषित भए ।

समापन कार्यक्रममा बोल्दै आयोजक न्यु युथ युनियन क्लबका अध्यक्ष ताम बहादुर कुमालले प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । साथै प्रतियोगितालाई आउने दिनमा अझै भव्य रुपमा सम्पन्न गर्ने योजना रहेको बताए र त्यो योजना सफल पार्न आगामी दिनहरुमा पनि सबैको साथ र सहयोगको अपेक्षा समेत गरे ।कार्यक्रमको सञ्चालन क्लबका सचिव करण चित्रकारको सञ्चालनमा सम्पन्न भएको थियो । 

Comments