तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को आवेदन फारम खुल्ला

होम राई मगर

पाल्पा / १० पौष ।

स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाडौद्वारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को आवेदन फाराम खुल्ला भएको छ । 

 

लोक तथा दोहोरी गीत संग सम्बन्धित ३५ बिधाका लागि मनोनयन आवेदन फारम खुल्ला गरिएको बिशाल मुभिज प्रा.लि.का अध्यक्ष तथा चर्चित गायक,सर्जक हुम गैरेले जानकारी दिए । पौष १० गते देखि फाराम खुल्ला गरिएको र माघको पहिलो साता उत्कृष्ट पाँच मनोनयन सार्वजनिक हुने अनि फागुनको पहिलो साता अवार्डको फाईनल कार्यक्रम गर्ने लक्ष्य रहेको कुरा चर्चित मोडल तथा अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी दिए । अवार्डको फाईनल कार्यक्रममा लोक गीत संगीतमा लामो समय देखि योगदान दिंदै आउनु भएका विशिष्ट ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

 

यस भन्दा अगाडिका संस्करणहरु निष्पक्ष अनि भब्यताका साथ सम्पन्न भएका कारणले पनि यो तेस्रो संकरणमा पनि धेरै कलाकारहरुको उत्साहजनक सहभागिता रहनेमा आशावादी रहेको कुरा कार्यक्रमका अध्यक्ष गैरे बताए ।

Comments