त्रि.क्याम्पस पाल्पा स्ववियुद्वारा नयाँ वर्ष २०८२ काे शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

पाल्पा-स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको आयोजनामा नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान, सम्मान तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिका पाल्पा जिल्ला प्रशासन कार्यालय,पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले कार्यक्रमकाे समुद्घाटन गर्नु भएको थियाे । कार्यक्रममा सम्बाेधन गर्दै प्रमुख अतिथि सुवेदीले स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाले आयोजना गरेको शुभकामना आदानप्रदान, सम्मान तथा धन्यवाद कार्यक्रम सराहनीय बताउनुभयो । यस्ता कार्यक्रमहरूले विद्यार्थी, प्राध्यापक, कर्मचारी र प्रशासनबीचको आपसी समन्वय, सहकार्य र सद्भावलाई अझ मजबुत बनाउने विश्वास लिने बताउनुभयो । शिक्षण संस्था केवल किताबी ज्ञान दिने स्थल मात्र नभएर नैतिक मूल्य, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व सिकाउने थलो पनि रहेको बताउनुभयो । सम्पूर्ण क्याम्पसका प्राध्यापक र विद्यार्थीहरूलाई शिक्षाको गुणस्तर सुधार, सुशासन र समावेशीताको पक्षमा एक जुट भइ एकबद्व हुन आग्रह गर्नुभयाे । 

 

कार्यक्रमका विशिष्ट अतिथिका क्याम्पस प्रमुख आदरणीयद्वय डा. टंक प्रसाद पन्थ र निवर्तमान क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले स्ववियुले पहल गरेर यस्ता सकारात्मक, समावेशी र सबैलाई जोड्ने कार्यक्रम आयोजना गर्नु अत्यन्त सराहनीय बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पस पश्चिमाञ्चल क्षेत्रकै शैक्षिक धराेहर रूपमा रहेको क्याम्पस रहेको बताउनुभयो । क्याम्पसबाट उत्पादन भएका जनशक्ति देशका महाेत्वपुर्ण स्थानमा पुगी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा याेगदान पुर्याउने कार्य गरेको बताउनुभयाे । कार्यक्रममा निवर्तमान स्व वि यु सभापति कृष्ण अर्याल,पुर्व स्व वि यु सभापति हरिबाेल भट्टराईले मन्तव्य राख्नु भएको थियाे ।

 

कार्यक्रममा क्याम्पस कार्यसमिति सदस्यहरु, सहायक क्याम्पस प्रमुखहरु,विद्यार्थी कल्याण प्रमुख,बि.बि.ए तथा बि.बि.एम निर्देशक, निवर्तमान स्ववियु अध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरु,प्राध्यापक संघ अध्यक्ष,कर्मचारी संघ अध्यक्ष, बैचारिक संघसंठनका प्रतिनिधिहरु,विद्यार्थी संघसंगठनका प्रतिनिधिहरु,विद्यार्थी संगठनका नेताहरु, प्राध्यापकहरु र कर्मचारीहरु उपस्थिति रहेको थियाे  । कार्यक्रम स्व वि युका अध्यक्ष मिलन घर्ती मगरकाे अध्यक्षता, स्ववियु सचिव सुशील बश्यालकाे सञ्चालन र स्ववियु उपाध्यक्ष सन्तोष सुनार(गहतराज)काे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments