त्रिभुवन बहुमुखी क्याम्पसमा तीन दिवसीय शैक्षिक लेखन कार्यशाला सुरु

पाल्पा-त्रिभुवन बहुमुखी क्याम्पसमा तीन दिवसीय शैक्षिक लेखन कार्यशाला सुरु भएको छ । कार्यक्रम त्रिभुवन बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष शंकर प्रसाद गैरेको अध्यक्षतामा कार्यशालाको उद्घाटन गरिएको हो । 

 

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख  डा. टंक प्रसाद पन्तले कार्यशालाले ज्ञान निर्माण, अनुसन्धान तथा शैक्षिक गुणस्तर वृद्धिमा शैक्षिक लेखनको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो ।  अहिलेको प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा शिक्षकमात्र होइन, विद्यार्थीहरू पनि अनुसन्धान र लेखनमा दखल राख्नुपर्ने आवश्यकता दिनानुदिन बढ्दो गइरहेको बताउनुभयो । यस कार्यशालाबाट सहभागीहरूले शैक्षिक लेखनको विधि, प्रविधि र प्रयोगात्मक पक्षमा महत्वपूर्ण ज्ञान हासिल गर्ने विश्वास लिएको बताउनुभयो । क्याम्पसले भविष्यमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने बताउनुभयो । 

 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पाेखराका सह परीक्षा नियन्त्रक रामनाथ न्यौपानेले शैक्षिक लेखनलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको उपयोगमा जाेड दिनुपर्ने अहिले आवश्यकता रहेको बताउनुभयो । प्रविधिमैत्री सीपहरूको विकासले शैक्षिक गुणस्तरमा सुधार ल्याउन मद्दत गर्ने भएकोले विभिन्न प्रयोगात्मक सीपहरू कार्यशालामार्फत सिकाइने योजना रहेको जानकारी दिनुभयो । प्रध्यापकहरूलाई लेखनको संरचना, भाषा र प्रस्तुतीकरणमा दक्ष बनाउने उद्देश्य राखिएको कार्यशालाबाट शिक्षण सिकाइ प्रक्रियामा नवीनता र सिर्जनशीलता ल्याउने कार्यशालाकाे मुख्य उधेश्य रहेको बताउनुभयो ।

 

कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख डा. टंक प्रसाद भट्टराई , प्राध्यापक संघका अध्यक्ष खिम बहादुर राना,स्ववियु सभापति मिलन घर्ती मगरले मन्तव्य राख्नु भएको थियाे ।  अनुसन्धान व्यवस्थापन समितिका सदस्य कृष्ण जिसीले स्वागत मन्तव्य राख्दै कार्यशालामा १२ वटा कार्यपत्रहरू प्रस्तुत गरिने जानकारी दिनुभयाे ।  कार्यक्रम सहायक क्याम्पस प्रमुख चन्द्र बहादुर थापा, सन्तोष खनाल, कृष्ण कार्की,पाल्पा जिल्लाका विभिन्न क्याम्पसका प्रध्यापकहरूकाे सहभागी रहेको थियाे । कार्यक्रम अनुसन्धान व्यवस्थापन समितिका सचिव डा. वीर बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियाे । कार्यशाला तीन दिनसम्म चल्नेछ ।

Comments