त्रिभुवन बहुमुखी क्याम्पसका चाैथाे बर्षमा अध्ययनरत विद्यार्थीलाई बिदाई

पाल्पा- पश्चिम नेपालकै शैक्षिक धराेहरका रूपमा परिचित त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा अध्ययनरत चाैथाे बर्षमा विद्यार्थीहरूलाई व्यवस्थापन संकायका प्रथम,द्वितीय र तृतीय बर्षका विद्यार्थीहरूले एक औपचारिक कार्यक्रमकाे आयाेजना गरि बिदाई गरेका छन ।  

 

कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाकाे शैक्षिक गुणस्तर वृद्धि भएको बताए । विगतका तुलनामा क्याम्पसकाे नतिजा राम्रो भइरहेको छ । अहिले विद्यार्थीहरूकाे सख्यामा समेत वृद्धि भइरहेको बताए । क्याम्पसमा नजिता सुधार हुनुमा विद्यार्थी,अभिभावक,प्राध्यापक,विभिन्न राजनीति दलका भातृ संगठन, स्वयु लगाएतकाे सहयोगले सम्भव भएको बताए ।   क्याम्पस स्तरमा आयाेजना गरिएका यस्ता कार्यक्रमले विद्यार्थीहरूबिच एक आपसमा भाइचाराकाे सम्बन्ध स्थापित सहयोग गर्ने बताए । आगामी दिनमा पनि क्याम्पस स्तरमा  सकारात्मक र रचनात्मक कृयाकलाप सञ्चालन गर्न विद्यार्थीहरूलाई आग्रह गर्दै  क्याम्पसले गर्नुपर्ने सहयोग गर्ने बताए । 

 

कार्यक्रमका बिशिस्ट अतिथि त्रिभुवन बहुमुखी क्याम्पस व्यवस्थापन संकायका सहायक क्याम्पस प्रमुख श्रीचन्द्र शाक्य,क्याम्पसका स्वयु सभापति कृष्ण अर्याल लगाएत विभिन्न राजनीति दलका भातृ संगठनका प्रतिनिधि,प्राध्यापकहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रम व्यवस्थापन संकाय प्रथम बर्षमा अध्ययनरत विद्यार्थी विचन्द्र  रायमाझीकाे अध्यक्ष र राजेश तिमिल्सिनाकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments