त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा नवआगन्तुक विधार्थीहरुलाई भव्य स्वागत

पाल्पा -त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा  वि.विं. एस, वि. एडमा अध्ययनरत विधार्थीहरुले २०८० सालमा भर्ना भएका सोही समुहका नव आगन्तुक विधार्थीहरुलाई औपचारीक कार्यक्रम गरी स्वागत गरेका छन । 

 

कार्यक्रम उद्घाटन क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले गर्नु भएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका क्याम्पस प्रमुख भट्टराईले क्याम्पस स्तरमा आयाेजना हुने यस्ता कार्यक्रमले नेपालकाे माैलिक भाषा,कला,सस्कृतिकाे जर्गेनामा टेवा पुग्ने बताउनुभयो  । त्रिभुवन बहुमुखी क्याम्पस पश्चिम नेपालकै शैक्षिक धराेहरका रूपमा रहेको पुरानाे इतिहास बाेकेकाे क्याम्पस रहेको बताउनुभयाे । त्रिभुवन विश्वविधालयको आङ्गिक क्याम्पस अन्तर्गत वि. स. २०११ सालमा स्थापना भएको क्याम्पस स्थापना कालमा देशभरका १६ क्याम्पस मध्ये  एक रहेको बताउनुभयो । पछिल्लो समयमा विधार्थीको संख्या बढ्दै गएको हाल पाल्पा टियुमा व्यबस्थापन, शिक्षा, मानविकी संकायमा डिग्री सम्मको उच्च शिक्षा हासिलको सुविधा रहेको क्याम्पस प्रमुख भट्टराईले बताउनुभयाे । क्याम्पस अध्ययनरत विद्यार्थीहरूकाे शैक्षिक ज्ञान हासिलसँगै छुट्टै आपसमा भाइचाराकाे सम्बन्ध स्थापित गर्न ,विद्यार्थीकाे व्यक्तित्व र नेतृत्व विकास गर्न रचनात्मक र सकारात्मक कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्नुभयाे ।  क्याम्पसमा अध्ययन गरेका धेरै विद्यार्थीहरू देशका ठुला र महाेत्वपुर्ण स्थानमा पुगी याेगदान दिन सफल भएको बताउदै क्याम्पस अध्ययन गर्न आउनु भएका नयाँ आगन्तुक विद्यार्थीहरूले अनुशासित भई शैक्षिक ज्ञान हासिल गर्न आग्रह गर्नु भएको छ ।

 

कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका स्वयु सभापति कृष्ण अर्यालले उच्च शिक्षा हासिल गर्ने महान अभिलाषाका साथ क्याम्पस आउनु भएका विद्यार्थीलाई स्वागत गर्दै अनुशासित भइ अध्ययन लाग्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयाे । क्याम्पसमा स्वयुबाट नयाँ कार्यसमिति आएसँगै क्याम्पसकाे शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रयास गरिएको बताउनुभयो । साथै क्याम्पसमा अध्ययनकाे शिलशिलामा समस्या परेमा स्वयुलाई जानकारी गराउन आग्रह गर्दै विद्यार्थीहरूकाे हक हित अधिकारका लागि त्रिभुवन बहुमुखी क्याम्पस स्वयु जतिबेला पनि सहयोग तयार रहेकाे बताउनुभयो । 

 

स्वागत कार्यक्रममा विविए प्रोगरामका निर्देशक केवश घिमिरे, 

मानविकी संकाय सहायक क्याम्पस प्रमुख कृष्ण कार्की,  विधार्थी कल्याणकोष प्रमुख पुष्कर आचार्य लगायतले त्रिभुवन बहुमुखी क्याम्पस विधार्थीहरुको पठन पाठनको लागी अति उपयुक्त रहेको बताउनुभयाे । योग्य शिक्षक, कम शुल्कमा विधाथीहरुको पठन पाठन गराई शैक्षिक गुणस्तर सुधार गर्न क्याम्पसका प्राध्यापकहरु कटिवद्ध भएर पठन पाठनमा लागेको बताउनुभयाे ।  कार्यक्रममा विधार्थीहरुले सांगेतिक कार्यक्रमहरु प्रस्तुत गरि वातावरण रमाईलो बनाएका थिए । 

 

कार्यक्रममा विद्यार्थी माया अर्याल र विचन्द्र रायमाझी लगायतले कार्यक्रम स्वागत गरेका थिए । कार्यक्रम विवि एसका विधार्थी मिलन घर्ती मगरको अध्यक्षतामा भएको स्वागत कार्यक्रमको संचालन द्धय सुमन न्याैपाने र बिनु दर्लामी  गरेका थिए ।

Comments