त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाले नवआगन्तुक विविए,विविएम विधार्थीहरुलाई गर्याे भव्य स्वागत

पाल्पा -त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा  वि.विं. ए र वि. वि. एम. अध्ययनरत विधार्थीहरुले २०८० सालमा भर्ना भएका सोही समुहका  नव आगन्तुक विधार्थीहरुलाई औपचारीक कार्यक्रम गरी स्वागत गरेका छन । 

 

स्वागत कार्यक्रममा क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले विविए र विविएमका विधार्थीहरुले उत्कृष्ट अंक ल्याई आफ्नो र क्याम्पसको भविष्य उज्जल  बनाउने काम निरन्तर गर्दै आएको बताए । प्राध्यापक, विधार्थी दुबैको मेहनत र परिश्रमको कारण आज पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस विविए र विविएमको नतिजामा देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको क्याम्पस प्रमुख भट्टराईले बताए । पछिल्लो समयमा विधार्थीको संख्या बढ्दै गएको हाल पाल्पा टियुमा व्यबस्थापन, शिक्षा, मानविकी संकायमा डिग्री सम्मको उच्च शिक्षा हासिलको सुविधा रहेको क्याम्पस प्रमुख भट्टराईले बताए । 

स्वागत कार्यक्रममा विविए प्रोगरामका निर्देशक केवश घिमिरेले उत्कृष्ट नतिजाकै कारण अहिले त्रिभुवन बहुमुखी क्याम्पसमा विविए अध्ययन गर्ने विधार्थीहरुको चाप बढेको बताए । पाल्पाको त्रिभुवन बहुमुखीको विविएको नतिजा देशकै गौरव गर्ने उत्कृष्ट नतिजा भएको निर्देशक घिमिरेले बताए । विधार्थीको लगनशिलता, गुरुहरुको लगातारको मिहेनतको कारण आज हामी सबैको खुसीको दिन भएको निर्देशक घिमिरेले बताए । 

कार्यक्रममा सहायक क्याम्पस प्रमुख श्रीचन शाक्य, सन्तोष खनाल,  विधार्थी कल्याणकोष प्रमुख पुष्कर आचार्य, स्वतन्त्र विधार्थी युनियन सभापती कृष्ण अर्याल लगायतले त्रिभुवन बहुमुखी क्याम्पस विधार्थीहरुको पठन पाठनको लागी अति उपयुक्त रहेको बताए । योग्य शिक्षक, कम शुल्कमा विधाथीृहरुको पठन पाठन गराई शैक्षिक गुणस्तर सुधार गर्न क्याम्पसका प्राध्यापकहरु कटिवद्ध भएर पठन पाठनमा लागेको बताए । कार्यक्रममा विविए परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरु लाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विधार्थीहरुले सांगेतिक कार्यक्रमहरु प्रस्तुत गरि वातावरण रमाईलो बनाएका थिए । 

 

कार्यक्रममा विधार्थीहरु लक्ष्मी मधेसिया, समित भुसाल, अनुष्का पाण्डे, मेनुका घिमिरे, रोसन नेपाल लगायतले कार्यक्रम स्वागत गर्दै गित तथा कविताहरु प्रस्तुत गरेका थिए । विविएकी विधार्थी कोपिला दिसुवाको अध्यक्षतामा भएको स्वागत कार्यक्रमको संचालन द्धय मनिका घर्ति र दिवश रानाले गरेका थिए । 

 

Comments