त्रिभुवन बहुमुखी क्याम्पस स्व.वि.युले गर्याे नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण
पाल्पा-त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पा, पश्चिम नेपालको एक प्रमुख शैक्षिक धरोहर हो । यो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ र यसले क्षेत्रीय तथा राष्ट्रिय स्तरका विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको छ ।
यस क्याम्पसमा स्नातकदेखि स्नातकोत्तर तहसम्मका विभिन्न संकाय तथा विषयहरूमा अध्ययन-अध्यापन हुन्छ । शिक्षाको गुणस्तर, योग्य प्राध्यापकहरू, र शैक्षिक वातावरणका कारण यो क्याम्पस पश्चिम नेपालको शिक्षा क्षेत्रको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित क्याम्पसकाे रूपमा परिचित छ । त्रिभुवन बहुमुखी क्याम्पसमा वि स २०७९ सालमा स्वतन्त्र विद्यार्थी युनियनकाे नयाँ समिति आएपछि अहिले क्याम्पसकाे शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूलाई अतिरिक्त कृयाकलाप सहभागी बनाउदै आएकाे छ । स्व.वि.युले एक कार्यक्रमकाे आयाेजना गरि विद्यार्थीहरूकाे अन्तरनिहित क्षमताकाे प्रस्फुटन गर्न चित्रकला प्रतियाेगिता,निबन्ध लेखन प्रतियाेगिता सँगै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ ।
निबन्ध प्रतियाेगितामा कल्पना पन्त प्रथम,यमुना कार्की द्वितीय,साधना हुमागाइ तृतीय र कृया पाैडेल र बबिता थापा सान्त्वना हुनुभएको छ । भने चित्रकला प्रतियाेगितामा पुष्पा दर्लामी प्रथम,माेनिका गुप्ता द्वितीय,मलिना सुनारी तृतीय र अस्मिता बुढा सान्त्वना हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले स्व. वि.यु.ले विद्यार्थीहरूकाे प्रतिभा पहिचान गर्न अतिरिक्त क्रियाकलाप आयाेजना गरि प्रशंसानीय कार्य गरेको बताउनुभयो । स्व.वि.यु.ले विद्यार्थीहरूकाे हक,हित र अधिकारका लागि कार्य गरिरहेकाे बताउनुभयो । स्व.वि.युले क्याम्पस शैक्षिक गुणस्तर वृद्धि गर्न,विद्यार्थीहरूकाे मागलाई सम्बाेधन गर्न क्याम्पससँग समन्वय र सहकार्य गरि अगाडि बढि रहेको बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पा विश्व विधालय भन्दा जेठाे क्याम्पस रहेको बताउनुभयो ।
विश्वविद्यालयहरू कुनै पनि देशका लागि ज्ञान, अनुसन्धान, र विकासको प्रमुख केन्द्र रहेको बताउनुभयो । ती केवल शिक्षा प्रदान गर्ने संस्थाहरू मात्र नभएर समाज परिवर्तनका प्रमुख साधन पनि रहेको बताउनुभयो । समाजमा देखापर्ने विभिन्न समस्या समाधान गर्न, मानव अधिकारको संरक्षण गर्न, र दिगो विकासलाई सुनिश्चित गर्न विश्वविद्यालयहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । विश्वविद्यालयको भूमिका केवल पढाइ र डिग्रीमा सीमित रहनु हुँदैन। ती समाजका लागि परिवर्तनका उत्प्रेरक हुनुपर्ने बताउनुभयो । विद्यार्थीहरू साेही अनुरूप आफ्नाे अध्ययनलाई सशक्त रूपमा अगाडि बढि दक्ष र सक्षम जनशक्ति रूपमा आफुलाई स्थापित गर्ने गरि अग्रसर हुन आर्गह गर्नुभयाे ।
कार्यक्रममा पुर्व स्वयु.वि.यु. सभापति हरिबाेल भट्टराई,क्याम्पसका सहायक क्याम्पस प्रमुख,प्राध्यापक,विभिन्न संगठनका प्रमुख एवम प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा स्वयु.वि.यु.काेषाध्यक्ष सन्तोष पाेखरेलले नयाँ समितिले २०८० सालकाे क्यालेन्डर प्रकाशन,क्याम्पस अगाडि जेब्रा क्रसिङ्ग निर्माण,बृक्षाराेपण कार्यक्रम,दशै तिहार तथा छठ पर्वकाे शुभकामना आदान प्रदान कार्यक्रम,नेतृत्व विकास तथा उद्घाेषण तालिम,स्वयु वि यु कप २०८१,गुरु सम्मान कार्यक्रम,निबन्ध लेखन तथा चित्रकला कार्यक्रम सम्पन्न गरेकाे बताउनुभयो । उहाले कुल १ लाख ८३ हजार ८ सय ८३ रूपैयाँ बराबरको आय व्याय विवरण प्रस्तुति गर्नु भएको थियाे ।
कार्यक्रममा स्वयु.वि.यु सभापति कृष्ण अर्यालले त्रिभुवन बहुमुखी क्याम्पस, शैक्षिक गुणस्तरको प्रतिक मात्र नभएर अतिरिक्त क्रियाकलापका लागि पनि पहिचान बनाउँदै आएको बताउनुभयो । क्याम्पसले शैक्षिक यात्रा मात्र नभई व्यक्तित्व विकास, नेतृत्वदक्षता, र सामाजिक उत्तरदायित्वको भुमिकामा अब्बल बनाउन स्वयु. वि. युले अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिरहेकाे बताउनुभयो । स्वयु वि युले विद्यार्थीहरूको हकहित, अधिकार र अवसर सुनिश्चित गर्न सदैव सक्रिय रहने बताउनुभयो । विद्यार्थीहरूका समस्या समाधान गर्नु, उनीहरूको क्षमता उजागर गर्नु, र क्याम्पसको समग्र विकासमा योगदान पुर्याउन स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस सदैब तयार रहने बताउनुभयो ।
कार्यक्रम स्व.वि.यु सह-सचिव उमेश भण्डारीकाे स्वागत र सचिव तारा बहादुर रायमाझीकाे सञ्चालनमा सम्पन्न भएको थियाे । कार्यक्रमकाे अबसरमा विविध सास्कृतिक कार्यक्रम गरिएको थियाे । कार्यक्रममा विद्यार्थीहरूकाे क्षमता अभिवृद्धि गर्ने हेतुले प्रशिक्षक रमेश अर्यालले विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियाे ।








































Comments