त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान
पाल्पा, पश्चिम नेपालकै शैक्षिक धराेहरका रूपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ । बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुले सोही समूूहका नव आगन्तुक विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रमको क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई उद्घाटन गर्नु भएको हाे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख भट्टराईले बिबिए र बिबिएममा अध्ययनका लागि आएका नवआगन्तुुक विद्यार्थीलाई स्वागत गर्नुभयाे । उहाले विद्यार्थीहरुलाई स्वागत गर्दै बिबिए र बिबिएममा देशकै उत्कृष्ट नतिजा ल्याउन क्याम्पस सफल भएको बताउनुभयाे । उहाले भने ‘प्राध्यापक, विद्यार्थी दुबैको मेहनत र परिश्रमका कारण आज पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस बिबिए र बिबिएमको नतिजामा देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।’ उत्कृष्ट नतिजाकै कारण पछिल्लो समयमा क्याम्पसमा विद्यार्थीको संख्या बढ्दै गएको क्याम्पस प्रमुख भट्टराईले बताउनुभयाे । उहाले हाल व्यबस्थापन, शिक्षा, मानविकी संकायमा डिग्री सम्म अध्ययन, अध्यापन हुँदै आएको बताउनुभयो । उच्च शिक्षाका लागि उत्कृष्ट सुविधा, गुणस्तरीय शिक्षा, र प्रेरणादायक वातावरण प्रदान गर्न क्याम्पस प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । शिक्षण प्रक्रियामा विद्यार्थीहरूकाे सक्रिय सहभागिता, सृजनात्मकता, र अनुशासनले मात्र भविष्य उज्यालो हुने भएकोले अत्यन्तै अनुशासित र मर्यादित भएर अध्ययनमा लाग्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयाे ।
बिबिए कार्यक्रमका निर्देशक केवश घिमिरेले बिबिएको नतिजा देशकै गौरव गर्ने उत्कृष्ट नतिजा भएको बताउनुभयाे । उहाले भन्नुभयाे ‘विद्यार्थीको लगनशिलता, गुरुहरुको लगातारको मेहनतका कारण आज हामी सबै उत्साहित भएका छौं ।’शिक्षा भनेको केवल किताबी ज्ञानमात्र होइन,क्याम्पसले विद्यार्थीहरूकाे व्यक्तित्व विकास गर्ने,जिम्मेवार नागरिक बनाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम बनाउने गरि कार्य गरिरहेकाे बताउनुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख श्रीचन शाक्य, सन्तोष खनाल,विद्यार्थी कल्याण कोषका प्रमुख पुष्कर आचार्य, स्वतन्त्र विद्यार्थी युनियनका सभापति कृष्ण अर्यालले विद्यार्थीहरूले अनुशासित र मर्यादित भइ अध्ययन गरि अझ दशैमा सर्वाेउत्कृष्ट नतिजा ल्याउने गरि क्याम्पसकाे गरिमालाई बढ्वा दिने गरि अध्यापन गर्नुपर्ने कुरामा जाेड दिनुभयाे । त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको पठन–पाठनका लागि अति उपयुक्त रहेको बताउनुभयो । योग्य शिक्षक, कम शुल्कमा विद्यार्थीहरुको पठन–पाठन गराई शैक्षिक गुणस्तर सुधार गर्न क्याम्पसका प्राध्यापकहरु कटिबद्ध भएर लागेको उहाहरुकाे भनाइ थियाे । कार्यक्रममा बिबिए परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरी वातावरण रमाईलो बनाएका थिए । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका पुर्व सभापति हरिबाेल भट्टराई,विभिन्न विद्यार्थी संगठनका प्रमुख,प्राध्यापक,विद्यार्थीहरू लगायतले उपस्थिति रहेको थियाे । कार्यक्रम विद्यार्थीहरु अंकित ढकाल र नविना पछाइकाे सञ्चालन,बिबिएकी विद्यार्थी दीक्षा थापाको अध्यक्षता र कृष शर्माकाे स्वागतमा सम्पन्न भएको थियाे ।








































Comments