त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकाे ७० औँ वार्षिकोत्सव सम्पन्न
पाल्पा- पश्चिम नेपालकै शैक्षिक धराेहरकाे रूपमा चिरपरिचित शैक्षिक सस्था त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको ७० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रमकाे प्रमुख अतिथि क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवम नगर प्रमुख सन्तोषलाल श्रेष्ठले कार्यक्रमकाे शुभारम्भ गर्नुभएको हाे ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले क्याम्पस पश्चिमी क्षेत्रकै ऐतिहासिक शैक्षिक धराेहर रहेको बताउनुभयो । क्याम्पसले देशकाे शैक्षिक,राजनीति,राष्ट्रसेवककाे दर्जामा रहेर काम गर्ने दक्ष जनशक्ति उत्पादन गरेको बताउनुभयाे । क्याम्पसकाे शैक्षिक गुणस्तर वृद्धि गर्न अब सबै पक्ष एक जुट भएर लाग्नु पर्ने बताउनुभयो । शैक्षिक क्षेत्रकाे हबकाे रूपमा रहेको तानसेनकाे शिक्षा अहिले केही खस्किदाे क्रममा रहेको छ । अब पाल्पालाई शैक्षिक क्षेत्रकाे हबकाे रूपमा विकास गर्न सबै राजनीति दलहरू,क्याम्पसका पुर्व प्राध्यापकहरू,प्राध्यापक,क्याम्पसका पुर्व विद्यार्थी,विद्यार्थीहरू सबै एक्यवद्ध भएर लाग्नुपर्ने बताउनुभयो । पाल्पालाई शैक्षिक क्षेत्रकाे हबकाे रूपमा विकास गर्न सबै पक्षहरू एक्यवद्ध भएर लागेमा सम्भव रहेकोले यस तर्फ क्याम्पसले ध्यान दिनुपर्ने बताउनुभयो । क्याम्पसकाे शैक्षिक,भाैतिक र समग्र विकासका लागि नगर सरकारले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख चाेलेश्वर शर्मा, पूर्व क्याम्पस प्रमुख मनमाेहन श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख केशवराज शर्मा , व्यवस्थापन समितिका सदस्य धनेन्द्रराज घिमिरेले मन्तव्य राख्नुभयाे । उहाँहरूले क्याम्पसकाे अवस्था, इतिहास र सम्भावनामा केन्द्रित रहेर मन्तव्य राख्नुभएको थियाे । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका अध्यक्ष हिमालदत्त श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष ओेमबहादुर घर्ती, नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष राजेन्द्र वि. क., रास्वपाका कार्यवाहक सभापति सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष अशोककुमार शाही, राष्ट्रिय जनमाेर्चाका अध्यक्ष विशाल दर्लामीले क्याम्पसकाे प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएयो ।
कार्यक्रममा पूर्व प्राध्यापक राजनप्रसाद पन्त, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, प्राध्यापक संघका उपसभापति अर्चना शाक्य, कर्मचारी संघका सभापति डुकुलराज ढकाल, स्ववियुका अध्यक्ष कृष्ण अर्याल, स्ववियुका पूर्व सभापति हरिबाेल भट्टराई, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई,पाल्पा व्यापार संघका अध्यक्ष वामदेव बस्यालले पनि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले क्याम्पसकाे वर्षभरिका गतिविधि, क्याम्पसकाे भाैतिक, प्राज्ञिक तथा प्राध्यापक कर्मचारीकाे अवस्थालाई झल्काउनु भएको थियाे । क्याम्पसले शैक्षिक अवस्था, अनुसन्धान तथा प्रविधियुक्त शिक्षण विधि तथा गतिविधिलाई क्याम्पसले अवलम्बन गरेको बताउनुभयो । कार्यक्रम क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईकाे अध्यक्षतामा भएको थियोे । सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीकाे स्वागत मन्तव्य,सहायक क्याम्पस प्रमुख सन्तोष खनालकाे धन्यवाद र विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्यले सञ्चालनमा सम्पन्न भएको थियाे ।








































Comments