तारा देबी शाही प्रतिष्ठान तानसेन २ पाल्पाकाे १४ औं स्मृति दिवस सम्पन्न
पाल्पा- तारादेवी सही प्रतिष्ठान तानसेन नगरपालिका वडा नं २ पाल्पाको १४ औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सागर मान महर्जन रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महर्जनले तारादेवी शाहीको जीवन संघर्ष स्मरण गर्दै उहाँ लामो समयसम्म क्यान्सर रोगसँग लड्नुभएकाे र अन्ततः सोही रोगका कारण निधन हुनु भएको बताउनुभयो । उहाँको इच्छाअनुसार, उहाँ बस्दै आउनुभएको निवासबाट संकलित रकम क्यान्सर पीडितहरूको सहयोगार्थ प्रयोग गर्न आग्रह गर्नुभएको थियाे ,सोही अनुरूप अहिले उहाँको नाममा प्रतिष्ठान स्थापना गरिएको बताउनुभयो । जुन रकम अहिले क्यान्सर पीडितहरूलाई सहयोग गर्दै आएको बताउनुभयो । महर्जनले उक्त प्रतिष्ठानले पाल्पा जिल्लासहित अन्य जिल्लाका पीडितहरूलाई समेत सहयोग पुर्याउँदै आएको जानकारी दिनुभयो । उहाँले तारादेवी शाहीले क्यान्सर पीडितहरूका लागि देखाउनुभएको मार्ग अत्यन्तै प्रशंसनीय रहेको पनि बताउनुभयो । त्यसै गरी, तानसेन नगरपालिका वडा नं ६ ले आगामी दिनमा क्यान्सरको रोकथामका उपायहरूसहित स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयाे ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार पुर्ण माया महर्जन, डाक्टर गुणाखर गैरे,काेषाध्यक्ष प्रणय वीर जंग राणा,भिम कुमारी शाक्य,रमेश बिर जंग राणा लगाएतकाे उपस्थिति रहेको थियाे । स्वागत मन्तव्य राख्दै भिम कुमारी शाक्यले तारा देबी शाहीले आफु क्यान्सर पिडित भएर २५ बर्ष सम्म बाच्नु भएको र उहाले आफ्नाे विकास प्रतिष्ठानकाे रूपमा राखेर सहयोग गरिदिनु अनुराेेध गरे अनुसार सहयोग गर्दै आएकाे बताउनुभयो । कार्यक्रम तारादेवी शाही प्रतिष्ठानका अध्यक्ष अध्यक्ष प्रशान्ति मल्ल को अध्यक्षता र सचिव खेमराज मल्ल सञ्चालनमा सम्पन्न भएको थियो ।








































Comments