तारा देबी शाही प्रतिष्ठान तानसेन २ पाल्पाकाे १३ औं स्मृति दिवस सम्पन्न

पाल्पा-तारा देबी शाही प्रतिष्ठान तानसेन २ पाल्पाकाे १३ औं स्मृति दिवस सम्पन्न भएको छ । आईतबार प्रतिष्ठानकाे स्मृति भवन तानसेनमा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमकाे उद्घाटन तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले गर्नुभएको हाे । 

 

कार्यक्रम प्रमुख अतिथि समेत रहेका वडा न ६ का वडा अध्यक्ष महर्जनले प्रतिष्ठानले क्यान्सर पिडितका लागि गर्दै आएकाे सहयोग प्रशंसानिय रहेको बताए । स्वर्गीय तारा देबी शाही क्यान्सरका कारण मृत्यु भरण गर्नुपरेकाे स्मरण गर्दै उहाकै नामबाट प्रतिष्ठानले क्यान्सर पिडितका लागि आर्थिक सहयोग गरि पुण्यकाे काम गरेको बताए । क्यान्सर राेग आफैमा जटिल राेग भएकोले प्रतिष्ठानले आगामी दिनमा क्यान्सर राेग सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । त्यस्काे लागि वडाले प्रतिष्ठानसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताए । तानसेन वडा न ६ ले  हालै नेपाल परिवार नियाेजनसँग निशुल्क पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । शिविरबाट पाठेघरकाे समस्या देखा परेको महिलाहरूकाे पहिचान गरि थप उपचारका लागि सिफारिस गरिएको बताए । आगामी  दिनमा वडा कार्यालयले प्रतिष्ठानसँग सहकार्य गरि क्यान्सर राेग सम्बन्धि शिविर सञ्चालन गर्न तयार रहेको बताए । 

 

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार पुर्णमाया महर्जनले प्रतिष्ठानले क्यान्सर पिडितलाई रूपैयाँ १० हजारका दरले सहयोग गर्दै आएकाे बताइन । स्वर्गीय तारा देबी शाहीकाे क्यान्सर राेगका कारण मृत्यु भएको थियाे । र उहाले मृत्युकाे अन्तिम घडीमा क्यान्सरका कारण मेराे मृत्यु भयाे । म जस्तै जाे काेहि क्यान्सर राेगबाट पिडित छन । उनिहरूलाई सहयोग प्रदान गर्नका लागि गरेको अनुराेध अनुसार प्रतिष्ठानले आर्थिक सहयोग प्रदान गर्दै आएकाे बताइन ।

 

क्यान्सर पिडितले नागरिकताकाे फाेटाेकपि,२ प्रति फाेटाे,वडाकाे सिफारिस,अस्पतालले प्रमाणित गरेको कागजात लिएर आएमा क्यान्सर पिडितलाई प्रतिष्ठानबाट रूपैयाँ १० हजार प्रदान गर्दै आएकाे तारा देबी प्रतिष्ठानका अध्यक्ष नारायण मल्लले बताए । प्रतिष्ठानले आगामी दिनमा क्यान्सर राेग सम्बन्धि परामर्श सेवा सञ्चालन गर्ने, समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने याेजना बनाएकाे बताए ।  कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका सचिव सविता मल्लकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments