टिप्परको ठक्करबाट पाल्पामा दुई जनाको मृत्यु

पाल्पा÷तिनाउ गाउँपालिका–३, दोभान पाल्पामा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । 

 

मृत्यु हुनेमा गुल्मी जिल्ला पुर्तीघाट गा.वि.स.–४ बस्ने ३१ वर्षीय मिलन सार्की र हाल नामथर वतन नखुलेकी अन्दाजी ३०/३१ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए । 

 

उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएकोमा डाक्टरले जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक चौधरीले बताए । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिई सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ । 

 

Comments