तिनाउ गाउँपालिका वडा न ३ र २ लाई जाेड्ने झाेलुङ्गे पुल उद्घाटन
पाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ३ र २ लाई जाेड्ने झाेलुङ्गे पुल उद्घाटन गरिएको छ । गाउँपालिकाले कुल लागत ८९ लाख २४ हजार ३ सय ७९ रूपैयाँ ७ पैसा रकमबाट पुलकाे निर्माण कार्य सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ बताए । जस्मा पालिकाबाट ११ लाख ६० हजार १ सय ६७ रूपैयाँ बजेट विनियोजन गरि पुल सम्पन्न भएको बताए । ऐतिहासिक पर्यटनकिय क्षेत्र भुत खाेला क्षेत्र पर्यटकिय स्थल हाे । पुल निर्माण भए पछि उक्त क्षेत्रकाे पर्यटन प्रवर्द्वनमा समेत टेवा पुग्ने अपेक्षा रहेको बताए । पुलले वडा न ३ काे भुतखाेला, वडा न २ काे भुजेल बस्ती ,बेलदमार लगाएतका क्षेत्रका नागरिकहरूलाई आवतजावत गर्न सहयोग पुग्ने बताए ।
गाउँपालिका विशेष गरि भाैतिक पुर्वाधारसँगै कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिएर काम गरेको बताए । पुल निर्माण भएसँगै स्थानीय वासीहरूलाई अवत जावत गर्न र भुत खाेला क्षेत्रकाे पर्यटकिय क्षेत्रकाे विकास समेत टेवा पुग्ने अपेक्षा गरिएको बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर थापा,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर कुवर,गाउँपालिकाका प्रवक्ता यादब प्रसाद अर्याल लगाएतकाे उपस्थिति रहेको थियाे ।








































Comments